×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

निजी विद्यालयहरूले अनलाइन कक्षा बिहीबारदेखि पु्नः सुचारू गर्ने

८ श्रावण २०७७

८ साउन, काठमाडौं । निजी विद्यालयहरूले अनलाइन कक्षा बिहीबारदेखि पु्नः सुचारू गर्ने भएका छन् ।

लकडाउनका बेला सरकारले सहुलियत नदिएको र अभिभावकबाट पनि शुल्क नउठ्दा खर्च धान्न नसकिएको भन्दै साउन १ गतेदेखि अनलाइन कक्षा बन्द थियो ।

Advertisement

प्याब्सन र नेसनल प्याब्सनअन्तर्गत देशभरका निजी विद्यालयहरूमा आजदेखि पुनः अनलाइन कक्षाबाट पठनपाठन सुरू भएको एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले जानकारी दिए ।

उनकाअनुसार शुल्क तिर्न सक्ने अभिभावकबाट अब शुल्क लिइनेछ ।

निजी विद्यालय सञ्चालकहरूले वैशाख महिनाको मासिक शुल्क नलिने यसअघि नै घोषणा गरिसकेका छन्। लकडाउनका बेला शुल्क लिन अभिभावकलाई दबाव दिएको भन्दै शिक्षा मन्त्रालय र विद्यार्थी संघरसंगठनले निजी विद्यालयलाई शुल्क नलिन भनेका थिए ।

विद्यालय सञ्चालनको मुख्य स्रोत नै अभिभावकले तिर्ने शुल्क भएको र शुल्क उठाउन नपाउँदा शिक्षक तथा कर्मचारीलाई पारिश्रमिक र घरभाडालगायत व्यवस्थापन गर्न अप्ठ्यारो परेको निजी विद्यालयहरूको छाता संस्था प्याब्सन र एनप्याब्सनले बताएका थिए।

सरकारले सहुलियत दिनुपर्ने माग गर्दै उनीहरूले असार १४ गते शिक्षा मन्त्रालय पुगेर मन्त्री गिरिराजमणि पोखरेल समक्ष आफ्ना माग सम्बोधन गरिदिन आग्रह गरेका थिए।

मन्त्रालयले असार २१ गते प्याब्सन, एनप्याब्सन, अभिभावक प्रतिनिधिलगायतलाई राखेर बैठक गरेको थियो।

निजी विद्यालयलाई केही सहुलियत दिन सकिने मन्त्रालयले त्यसबेला प्रतिवद्धता जनाए पनि कार्यान्वयन नगरेको भन्दै साउन १ देखि अनलाइन कक्षा बन्द थियो।

तर बुधबार मन्त्री पोखरेल र शिक्षा मन्त्रालयले आफूहरूका मागप्रति सकारात्मक रहेको जनाउ दिएपछि अनलाइन कक्षालाई आजदेखि सुचारू गरिएको सापकोटाले जानकारी दिए।

सरकारले ऋण सहुलियत वा अभिभावकबाट शुल्क उठाउने वातावरण बनाइदिनुपर्ने उनीहरूको माग छ।

यसबीचमा बेलतबी बसेका शिक्षक, कर्मचारी तथा विद्यार्थीका अभिभावकले अनलाइन कक्षालाई नरोक्न आग्रह गरिरहेका थिए।

सरकारले कोरोना महामारी रहेको भन्दै गत असार १ देखि अनलाइन, अफलाइन, दूर शिक्षा, रेडियो, टेलिभिजनलगायत वैकल्पक माध्यमबाट सिकाइलाई निरन्तरता दिने घोषणा गरेअनुसार पठनपाठन भइरहेको थियो।

Advertisement

सरकारले भदौ १ देखि विद्यार्थी भर्ना लिन सकिने भए पनि विद्यालय वा विश्वविद्यालयमा पहिलेजस्तै गरी कहिलेदेखि पठनपाठन सुरू गर्ने वा परीक्षा कहिलेदेखि गर्ने भन्नेबारे निर्णय गरेको छैन।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top