प्रदेश १ प्रहरी कार्यालयका थप चार जनामा कोरोना संक्रमण पुष्टि

७ साउन ७७, बिहीबार

८ साउन, काठमाडौं । प्रदेश नं. १ प्रहरी कार्यालयका थप चार जना प्रहरी अधिकारीमा कोरोना भाइरसको संक्रमण पाइएको छ । बिहीबार थप चार जनामा संक्रमण पुष्टि भएको प्रदेश प्रहरी कार्यालय, विराटनगरका एसपी दीपक पोखरेलले बताए ।

बुधबार एक जना प्रहरी अधिकृतमा कोरोना पुष्टि भएको थियो । प्रदेश प्रहरी कार्यालयका ११ जना अधिकारीमा गरिएको परीक्षणमा पाँच जनामा संक्रमण पुष्टि भएको हो ।

कार्यालयको नियमित काम भने नरोकिएको एसपी दीपक पोखरेलले बताए । सीमित जनशक्ति राखेर अनलाइनबाट पनि सेवा दिइरहेको पोखरेलको भनाइ छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top