संसद भवनदेखि मन्त्री र मुख्यमन्त्री निवासको निमार्ण युद्धस्तरमा

१० साउन, काठमाडौँ ।
सहरी विकास मन्त्रालयले काठमाडौं उपत्यकामा विशेष भवन निर्माण अन्तर्गत निर्माण भइरहेका विभिन्न चार आयोजनाको अवलोकन गरेको छ । सहरी विकास राज्य मन्त्री रामवीर मानन्धर सहितको टोलीले सिंहदरबार भित्र निर्माण भइरहेको संघीय संसद भवन, ललितपुरको सैंबु भैसेपाटीमा निर्माण भइरहेको राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधि सभाका उप–सभामुख, संघीय मन्त्रीहरुको आवास, र प्रदेश प्रमुख तथा मुख्य मन्त्रीहरुको सम्पर्क कार्यालय र ललितपुरकै गोदावारीमा निर्माण भइरहेको ३ हजार सिट क्षमताको सम्मेलन केन्द्र (सिटी हल) निर्माणको अवलोकन गरेको हो ।

अवलोकनपछि भवन निर्माणमा कोभिड १९ ले आंशिक प्रभाव पारेको भएपनि तोकिएको समय अवधि भित्रै निर्माण सम्पन्न हुने गरी काम भइराखेको राज्यमन्त्री मानन्धरले बताए । उनले सरकारका एतिहासिक कामहरुको नतिजा जनताले महसुस गर्ने गरि देखिने बेला भएको बताए ।


गत वर्ष असोज १६ गते निर्माण सम्झौता भएको संघीय संसद भवनको निर्माण तीन वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । कुल १ सय ७३ रोपनी ८ अना जग्गामा संसद भवन सहितका विभिन्न १२ वटा संरचना निर्माण हुने छन् । जस मध्ये अहिले सम्म ६ वटा भवनहरुको निर्माण कार्य सुरु भएको छ । सहरी विकास तथा भवन निर्माण विभागका उपसचिव प्रकीर्ण तुलाधरले अहिले सम्म निर्माणस्थल घेर्ने, ३ सय ९० वटा रुख कटान गर्ने, निर्माण उपकरण र सामग्रीहरुको व्यवस्थापन गर्ने लगायतका काम भएको बताए । निर्माण स्थलमा रहेको चण्डीदल गण, नेपाली सेनाको बैण्ड गुल्म र शहरी बनस्पति उद्यान कार्यलय हटाउने काम भएको समेत उनले बताए । कुल ६ अर्ब ९२ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न गर्ने गरी सुरु गरिएको आयोजनाको ३ वर्ष भित्र सम्पन्न गर्नुपर्ने भएपनि अहिले सम्म ७ प्रतिशत मात्रै भौतिक प्रगति भएको उनले बताए ।

Advertisement

ललितपुरको सैंबु भैसेपाटीमा राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष तथा प्रतिनिधि सभाका उपसभामुख, संघीय मन्त्री निवास र प्रदेश प्रमुख, मुख्य मन्त्रीहरुको आवास तथा सम्पर्क कार्यालयको निर्माण कार्य भने लक्ष्य अनुसार नै भइरहेको पाइएको छ । २०७६ कात्तिक २७ गते ठेक्का सम्झौता भएका यी दुवै आयोजना दुई वर्ष भित्र अर्थात २०७८ कात्तिक २६ गते सम्पन्न भइसक्नुपर्ने छ । आयोजनाका अनुसार राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष तथा प्रतिनिधि सभा उपसभामुख, लगायत संघीय मन्त्रीहरुको निवास निर्माणका लागि १ अर्ब ३ करोड ४६ लाख ८३ हजार ४ सय ३७ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । त्यस्तै प्रदेश प्रमुख र मुख्य मन्त्रीहरुको आवास तथा सम्पर्क कार्यालयको निर्माणका लागि ७२ करोड ४७ लाख ९४ हजार ८ सय ३४ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । करिब १ सय २४ रोपनी क्षेत्रफलमा निर्माण भइरहेका यी दुई आयोजना दुई वर्ष भित्रै निर्माण सम्मन्न हुने गरी काम भइरहेको छ । सिनियर डिभिजन इन्जिनियर प्रमोद कर्माचार्यका अनुसार दुवै आयोजनामा २२ प्रतिशत भौतिक प्रगति र १८ प्रतिशत आर्थिक प्रगति भएको बताए । उनले कोभिडको समयमा पनि काम नरोकिएकाले तोकिएको अवधिभित्रै निर्माण सम्पन्न हुने नै काम भएको बताए ।

Advertisement

ललितपुरको गोदावारीमा निर्माण भइरहेको ३ हजार सिट क्षमताको सम्मेलन केन्द्र (सिटी हल) निर्माण कार्ययको प्रगति सबैभन्दा धेरै भएको छ । यो आजोजनाको अहिले सम्म करिब ६१ प्रतिशत भौतिक प्रगति र ४३ प्रतिशत आर्थिक प्रगति भएको छ । कुल ४३ रोपनी १५ आनामा ५८ करोड २४ लाख ४७ हजार ३ सय ९ रुपैयाँ लागतमा निर्माण भइरहेको सम्मेलन केन्द्र पनि निर्धारित समय भित्रै निर्माण सम्पन्न हुनेगरी काम भइराखेको मन्त्रालयका सचिव मधुसुदन अधिकारीले बताए ।

सिंहदरबार भित्रको प्रतिनिधि सभा भवन पुरानो र सानो भएपछि संसद बैठक बानेश्वर स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुँदै आएको छ । संसद सचिवालयले सम्मेलन केन्द्र विकास समितिलाई वार्षिक करिब १५ करोड रुपैयाँ भाडा बुझाउँदै आएको छ । संसद भवनका लागि ठूलो रकम भाडाबापत तिर्नुपर्ने भएपछि सरकारलाई आर्थिक भार परेको छ । त्यसैलाई कम गर्न सरकाले आफ्नै संसद भवन निर्माण गर्न लागेको हो । त्यस्तै सरकारले मास्टर प्लान अनुसार नै राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधि सभाका उप–सभामुख, संघीय मन्त्रीहरुको आवास, र प्रदेश प्रमुख तथा मुख्यमन्त्रीहरुको आवास तथा सम्पर्क कार्यालय निर्माण गरेको हो । राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधि सभाका उप–सभामुख, संघीय मन्त्रीहरुको आवास ९६ रोपनी १० आना र प्रदेश प्रमुख तथा मुख्य मन्त्रीको आवास तथा सम्पर्क कार्यालय २७ रोपनी १२ आना क्षेत्रफलमा निर्माण भइरहेको छ ।

Advertisement

भर्खरको समाचार

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

नेपालमा कहिले भित्रिदै छ मनसुन ?

mausam-2075-12-18-768x388

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

सम्बन्धित समाचार

Scroll to Top