फ्रान्स प्रवेश गर्ने भारतसहित १६ देशका आगन्तुकलाई परीक्षण अनिवार्य

१० साउन ७७, शनिबार
Share this
738shares

१० साउन, पेरिस।

Advertisement

फ्रान्समा कोरोनाभाइरसको दृष्टिले धेरै जोखिममा रहेका देशहरूबाट आउने आगन्तुकहरूलाई परीक्षण बिना प्रवेश गर्न कडाइ गरिने भएको छ । प्रधानमन्त्री जेन कस्टेक्सले यो व्यवस्था आगमी अगस्ट १ देखि लागु हुने शुक्रबार जानकारी दिएका हुन् ।

सिमानामा सुरक्षा र सतर्कता कायम राख्ने सरकारको नीतिअन्तर्गत परीक्षणलाई कडाइ गर्ने व्यवस्था गर्न लागिएको उनको भनाइ छ ।उनका अनुसार अमेरिका, ब्राजिल, भारत, अल्जेरिया, बहराईन, इजरायल, दक्षिण अफ्रिका, कुवेत, कतार, युएई, ओमन, पनामा, पेरु, सर्बिया, टर्की र मडागास्करबाट आउने यात्रुलाई परीक्षण अनिवार्य गर्न लागिएको हो । फ्रान्सले ती देशहरूलाई कोरोनाको दृष्टीकोणले खतरापूर्ण अवस्थामा रहेका देशहरूको सूचीमा राखेको अधिकारीहरूले जनाएका छन् ।

Advertisement

“ती देशहरूमा परीक्षण नगर्ने रणनीति लिइएको छ । त्यसैले हामीले परीक्षण गर्नुपर्ने व्यवस्था गर्न लागिएको हो । यो कार्यान्वयन गर्न धेरै गाह्रो छ भन्ने हामीलाई थाहा छ । तै पनि गर्ने निर्णयमा पुगेको छौँ,” उनले भने । सिमाना जोडिएको स्पेनबाट हुने आवतजावतलाई कसरी सुरक्षित बनाउने भन्ने बारेमा छलफल भइरहेको र आवतजावतलाई अति न्यून बनाउने प्रयास गरिने पनि उनले जानकारी दिए ।

फ्रान्समा शुक्रबारसम्म एक लाख ८० हजार ५२८ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । तीमध्ये एकैदिनमा एक हजार १३० जना थपिएको अधिकारीहरूले जनाएका छन् । यो सङ्ख्या एक दिनअगाडि एक हजार ६२ मात्रै रहेको थियो ।

Advertisement

कोरोनाभाइरसका कारण फ्रान्समा अहिलेसम्म तीस हजार १९२ जनाको मृत्यु भएको छ । तीमध्ये दश जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।रासस / सिन्ह्वा

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top