×

NEPAL TIMES UPDATES

Playing
यात्रुले जब गुडिरहेको विमानको ढोका खोले || Nepal Times
May 03, 2026
Playing
बिचल्लीमा परेका सबैलाई सरकारले बोलायो, सबैको जिम्मा लिने || Nepal Times
May 03, 2026
Playing
कुन–कुन मन्त्रालय हुँदैछन् मर्ज ? मन्त्रालय घटाउने तयारी कहाँ पुग्यो ?|| Nepal Times
May 03, 2026
Playing
सुशीला कार्कीले नियुक्त गरेकाहरुको पनि गयो जागिर || Nepal Times
May 03, 2026
Playing
इरानी सुपरट्यांकरले छल्यो अमेरिकी नाकाबन्दी, चीनले प्रतिबन्ध नमान्ने|| Nepal Times
May 03, 2026
Playing
Top 15 Afternoon News || May-03-2026 || Nepal Times
May 03, 2026
Playing
Iranको प्रस्तावमा समिक्षा गर्दै Trump, १४ बुँदे प्रस्तावमा के छ ? || Nepal Times
May 03, 2026
Playing
इरानले भन्योः अमेरिकासँग फेरि यु*द्ध सुरु हुन सक्छ|| Nepal Times
May 03, 2026
Playing
बालेनका साथीकै घरको छैन् लालपुर्जा, ’तीन तले घर’ भन्दै भाइरल|| Nepal Times
May 03, 2026
Playing
यो साताभर वर्षा, गण्डकी बढी प्रभावित, मौसम तत्काल सुधार नहुने || Nepal Times
May 03, 2026

काँग्रेसद्वारा पूर्वसहमहामन्त्री जोशीसहित तीन नेता पार्टीबाट निष्कासित

११ श्रावण २०७७

१० साउन, काठमाडौँ ।
नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री एवम् पूर्वमन्त्री गोविन्दराज जोशीसहित तीनजना नेतालाई पार्टीको केन्द्रीय अनुशासन समितिले पार्टीबाट निष्कासन गरेको छ । अनुशासन समितिले शनिबार सार्वजनिक गरेको निर्णयअनुसार पार्टी अनुशासन उल्लङ्घन गरेको भन्दै पूर्व सहमहामन्त्री जोशी र कैलालीका काँग्रेस नेता एवम् पूर्व राज्यमन्त्री पुष्करनाथ ओझालाई पार्टीबाट पाँच वर्षका लागि निष्कासन गरिएको हाे ।

गोविन्दराज जोशीले गएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिँदा पौडेलले पराजय भोग्नुपरेको थियो । साथै तनहुँ नेपाली काँग्रेस जिल्ला कार्य समितिको समानान्तर अर्को कार्यसमिति गठन गर्ने मुख्य भूमिका पनि जोशी रहेको ठहर अनुशासन समितिले गरेको छ । कुनै बेला कांग्रेसमा निकै शक्तिशाली मानिएका जोशी अहिले पार्टीबाटै निष्कासनमा परेका हुन् ।

Advertisement
Advertisement

उता कैलालीका ओझाले प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार डा. आरजु राणा देउवालाई हराउन सक्रिय भूमिका खेलेको ठहर गर्दै पार्टीको अनुशासन समितिले कारबाही गरेको हो ।

ओझाले पार्टीको आधिकारिक उम्मेदवारलाई हराउनका लागि गरेको कुराकानीको अडियो रेकर्डसहित पार्टीमा उजुरी परेको अनुशासन समितिले जनाएको छ । डा. आरजु काँग्रेस सभापति शेरबहादुर देउवाकी श्रीमती हुन । ओझा स्थानीय भएकाले बाहिरको उम्मेदवारलाई टिकट दिएको भन्दै आधिकारिक उम्मेदवारलाई हराउन लागेको ठहर समितिको छ । निर्वाचनमा आरजु पनि पराजित भएकी थिइन् ।

यसैगरी, अनुशासन समितिले डडेल्धुरा जिल्ला कार्य समितिका सचिव रामबहादुर विष्टलाई महिला सदस्यलाई कुटपिट गरेको उजुरी परेपछि तीन वर्षका लागि निष्कासन गरेको छ । केन्द्रीय सदस्य भीष्मराज आङदम्बे संयोजक र सदस्यहरू देवेन्द्रराज कँडेल, किशोरसिंह राठौर, धनराज गुरुङ र उमाकान्त चौधरीले संयुक्तरुपमा हस्ताक्षर गरेको निर्णयमा सो कुरा उल्लेख छ । गएको सङ्घीय संसद्, प्रदेश सभा र स्थानीय तहमा पार्टीको उम्मेदवारलाई असहयोग गर्ने २७९ जनालाई निर्वाचनकै क्रममा पार्टीबाट निष्कासन गरिएको जानकारी सदस्य गुरुङले दिए ।

Advertisement

उजुरी परेर स्पष्टीकरण सोधिएका कतिपय व्यक्तिलाई जिल्ला सभापतिहरूले पत्र नै नबुझाएको पाइएपछि ती सभापतिहरूलाई पनि सचेत गराइएको छ । निर्वाचनको क्रममा परेका अन्य व्यक्तिको उजुरीमाथि प्रमाण नपुगेको समितिले ठहर गरेको छ ।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top