×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

पेट्रोलियम पदार्थको मूल्य बढाउनै पर्ने दबाब आइरहेको छः आयल निगम

१२ श्रावण २०७७

१२ साउन, काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य आकासिएको भन्दै नेपाल आयल निगमले मूल्य बढाउने तयारी गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै भारतमा डिजलको भाउ दिनप्रति दिन बढेपछि अगस्टमा मूल्य बढाउने तयारी भएको जनाइएको छ ।

Advertisement
Advertisement

भारतमा डिजलको मूल्य बढ्दा प्रत्यक्ष असर नेपालमा पर्न थालेपछि निगमलाई पेट्रोल, डिजललगायतका पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपर्ने दबाब बढेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

उाका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य आकासिनु, भारतसँग सीमा जोडिएका नाकामा मूल्यान्तर बढेर जानु, निगमको घाटा एकपछि अर्को बढेर जानु, विगतमा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा नेपालले स्वचालित मूल्य समायोजन नगर्नु जस्ता कारणले निगम मूल्य बढाउनै पर्ने दबाबमा पुगेको हो ।

पेट्रोलियम पदार्थमा अन्तर्राष्ट्रिय बजारमा आउने फेरबदलअनुसार नेपाल आयल निगमले प्रत्येक १५र१५ दिनमा मूल्य समायोजन गर्दै आएको थियो । प्रत्येक महिनाको १ र १६ तारिखमा मूल्य समायोजन गर्दै आएको निगमले लकडाउनको समयमा खपतमा कमी आएको भन्दै मूल्य समायोजन गरेको थिएन ।

यसअघि निगमले असार २६ गते पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर एकरएक रुपैयाँले मूल्य बढाएको थियो । अहिले काठमाण्डौमा पेट्रोल प्रतिलिटर १०२, डिजेल र मट्टीतेल प्रतिलिटर ८८ रुपैयाँमा बिक्री वितरण हुँदै आएको छ ।

इण्डियन आयल कर्पाेरेशनले गएको जुलाई १६ तारिखमा पठाएको नयाँ मूल्यअनुसार निगमले मूल्य समायोजन नगर्दा निगमलाई ६ करोड आठ लाख घाटा भएको प्रवक्ता उपाध्यायले जानकारी दिए । उनका अनुसार गएको जुलाईमा भारतीय आयल निगमबाट प्राप्त मूल्य सूचीअनुसार पेट्रोलमा दुई रुपैयाँ ६७ पैसाले मूल्य वृद्धि भए पनि निगमले नेपालमा मूल्य वृद्धि गरेन । जसका कारण निगमले पेट्रोलमा प्रतिलिटर तीन र डिजलमा प्रतिलिटर पाँच वरिपरि घाटा ब्यहोरेको थियो ।

पछिल्लो एक महिनाको अवधिमा अन्तर्राष्ट्रिय बजारमा एलपी ग्यासको मूल्य निरन्तर बढ्दै गएको र भारतीय बजारमा डिजलको मूल्य लगातार बढिरहेका कारण निगम घाटा धान्न नसक्ने अवस्थामा पुगेको जनाइएको छ ।

Advertisement
Advertisement

कोरोना महामारी र लकडाउनबाट विश्व क्रमशः पुरानै लयमा फर्किन थालेसँगै अन्तर्राष्ट्रिय बजारमा भारी मूल्य वृद्धि हुन थालेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top