इटहरीबाट बसमा लुटपाट गर्ने समूह पक्राउ

१२ साउन ७७, मंगलबार

१३ साउन, इटहरी । बसमा लुटपाट गर्ने ४ जनाको समुहलाई ईलाका प्रहरी कार्यालय ईटहरीले पक्राउ गरी सार्वजानिक गरेको छ ।

साउन ९ गते धरानबाट इटहरी आईरहेको बसमा सवार रहेका धरान उपमहानगरपालिका ८ का ५७ बर्षीय डम्बरप्रसाद बास्तोलाको साथमा रहेको ९७ हजार ६ सय चोरी गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा जिल्ला काभ्रेपलाञ्चोक रोसी गाउँपालिका ३ का ३६ बर्षीय जितबहादुर ट्वाटी श्रेष्ठ, रोसी गाउँपालिका ५ का २२ बर्षीय चिउनी भनिने युवराज लामा, भुङलो गाउँपालिका ८ का ३२ बर्षीय सुजन तामाङ भन्ने सनबहादुर लामा तामाङ र तिमाल गाउँपालिका २ का २६ बर्षीय कमल लामा रहेका छन् ।

यो समूहले इटहरीको ट्याङग्रा खोला छेउमा बसबाट ओर्लन खोजेका बास्तोलाको साथमा रहेको नगद, जबरजस्ती लुटपाट गरी फरार भएको थियो ।

घटनाको जानकारी पाए लगत्तै खटिएको इलाका प्रहरी कार्यालय इटहरीको प्रहरी टोलीले फरार भएका मध्ये कमल लामालाई तत्काल पक्राउ गरेको थियो भने अन्य ३ जनालाई खोजतलास गर्ने क्रममा सोमवार दिउँसो तरहराबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुको साथबाट नगद १२ हजार ९ सय बरामद गरेको छ । पक्राउ परेको यो समूह चोरी गर्नकै लागि काठमाण्डौबाट ८ गते पूर्व तर्फ आएको र धरानको एक होटलमा बस्दै आएको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

उनीहरुको सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको तथा सोही घटनामा अन्य दुई जनाको संग्लग्नता रहेको खुल्न आएकोले उनीहरुको समेत खोजतलास भईरहेको प्रहरीले जनाएको छ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top