×

NEPAL TIMES UPDATES

Playing
अब गरिबको चमेली बोल्दिने कोही छैन् गाउनु नपरोस् || Nepal Times
Apr 19, 2026
Playing
बालेनको हिन्दुप्रति प्रेम छैन्,भारतप्रतिको रवैया ठीक छैन्ः भारतीय धर्मगुरु || Nepal Times
Apr 19, 2026
Playing
राप्रपा पार्टी विघटन गर्न प्रस्ताव, राजेन्द्र लिङ्देमाथि ९ बुँदे आरोप || Nepal Times
Apr 19, 2026
Playing
Top 15 Afternoon News || April-19-2026 || Nepal Times
Apr 19, 2026
Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026

वाम एकता लम्बिनुका चार कारण

९ बैशाख २०७५

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच तीन दिनयता १३ घन्टा वार्ता भएको छ । बिहीबार र शनिबार प्रधानमन्त्रीनिवास बालुवाटार तथा शुक्रबार माइतीघरस्थित एक घरमा दुई अध्यक्षबीच लगातार ‘वान टु वान’ वार्ता भइरहेको छ । पहिलो दिन पौने ३ घन्टा, दोस्रो दिन ४ घन्टा तथा शनिबार ३ बजेदेखि राति ९ बजेसम्म दुई नेताबीच छलफल भएको हो । उच्चस्रोतका अनुसार पछिल्ला दिनमा देखिएको अन्योल र आशंका चिर्ने गरी छलफल सकारात्मक दिशामा अघि बढिरहेको छ। आजको नयाँ पत्रिका दैनिकले वाम एकता लम्बिनुका चार कारण यसरी प्रस्तुत गरेको छ।

१. प्रधानमन्त्रीमा आलोपालो र कार्यकारी अधिकार
एकीकृत पार्टीमा दुवै अध्यक्ष पार्टी प्रमुख रहने र आलोपालो बैठकको अध्यक्षता गर्ने उल्लेख भए पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कार्यकारी अधिकार क्षेत्रको प्रस्टता खोजेका छन् । उनले सरकार सञ्चालनमा अध्यक्षका रूपमा आफ्नो भूमिका खोज्नुका साथै प्रधानमन्त्री केपी ओलीसँग सरकारको नेतृत्वमा पनि आलोपालो समझदारी हुनुपर्ने प्रस्ताव राखेका छन् । ३ वैशाखको पार्टी स्थायी समिति बैठकमा ओलीले यस्तो संकेत गरेपछि एमाले नेताहरूले त्यसबारे लिखित समझदारी उपयुक्त नहुने भएकाले ‘वान टु वान’ वार्तामार्फत प्रचण्डलाई थप ‘कन्भिन्स’ गर्न सुझाब दिएका थिए ।
एकतापछि पार्टीले निर्णय गरेर आवश्यकताअनुसार प्रधानमन्त्री र मन्त्रीहरू परिवर्तन गर्न सक्ने भएकाले अहिल्यै लिखित समझदारी गर्दा एकताको औचित्य समाप्त हुने एमाले नेताहरूको तर्क छ । ‘अहिले उहाँहरूबीच आलोपालोको विवाद हो जस्तो लाग्दैन, प्रधानमन्त्रीको आलोपालोको विषय विधान र प्रतिवेदनमा लेख्ने कुरा पनि भएन, त्यो भएको हो भने पनि दुईबीचको आन्तरिक विषय भएकाले पारस्परिक विश्वासको कुरा हुन सक्छ,’ विधान मस्यौदा कार्यदलका सदस्य बेदुराम भुसालले भने, ‘हामीले बुझेको कार्यदलमा मिल्न बाँकी तीनवटा विषय मात्र हो, अरू जानकारी हुने कुरा पनि भएन ।’

Advertisement
Advertisement

२. केन्द्र, प्रदेश र जिल्लामा संख्यात्मक हिस्सेदारी
एमालेले दुवै पार्टीको संगठनात्मक शक्ति र जनमतलाई आधार मानेर संगठनात्मक एकता हुनुपर्ने बताउँदै आए पनि माओवादी केन्द्रले सम्मानजनक हैसियत भन्दै केन्द्रदेखि तलसम्मै ५० प्रतिशतको हिस्सेदारी दाबी गर्दै आएको छ । विधान मस्यौदाकै क्रममा माओवादी नेताहरूले केन्द्रदेखि तलको कमिटीसम्म दुई अध्यक्ष रहनुपर्ने अडान राखेर सम्मानजनक एकताको विषय उठाएका थिए ।

पार्टी एकतापछि एकता महाधिवेशनसम्म एमाले हाबी हुने आशंका गर्दै प्रचण्डले आफूसँग सम्मानजनक हैसियतको प्रश्न उठाएको भन्दै प्रधानमन्त्री ओलीले पार्टी स्थायी समितिको पछिल्लो बैठकमा यसबारे थप छलफल आवश्यक देखिएको बताएका थिए । तर, माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले भने कार्यनीतिक सवालमा प्रतिशतको कुरा मिलिसकेकाले धेरै ठूलो रणनीतिक महत्वको एकतामा संख्यात्मक प्रतिशत ठ्याक्कै लागू नहुने बताए ।

३. माओवादी आन्दोलनको भूमिकामा प्रस्टता
पार्टी एकता संयोजन समितिको बैठकमा माओवादी अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदनमा माओवादी आन्दोलनका उपलब्धिलाई थप प्रस्ट पार्नुपर्ने तथा विधानको प्रस्तावनामै जनयुद्धका उपलब्धि उल्लेख गरेर माओवादी आन्दोलनको राजनीतिक रूपबाटै सम्मान हुनुपर्ने विषयलाई राजनीतिक रूपले नै भूमिका उल्लेख गरेर अघि बढ्नुपर्ने प्रस्ताव गरेका छन् ।

४. एकता महाधिवेशनमा नेतृत्व चयन विधि
दुई पार्टी एकतापछि अबको एकता महाधिवेशनलाई कतिऔँ महाधिवेशन मान्ने भन्ने छलफल भएको छैन । त्यस्तै, दुई अध्यक्षबीच अबको एकता महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने समझदारी भइसके पनि चुनाव गर्ने कि नगर्ने विषयमा थप प्रस्ट सहमति भइनसकेकाले प्रधानमन्त्री ओलीसँग एक प्रकारको ‘जेन्टलमेन एग्रिमेन्ट’ गरेर प्रचण्डले आशंका निवारण गर्न खोजेका छन् । एकीकृत पार्टीको अध्यक्षका रूपमा नेतृत्व गर्ने चाहना प्रकट गर्दै प्रचण्डले अझै कम्तीमा १० वर्ष सक्रिय राजनीति गर्ने बताउँदै आएका छन् ।

Advertisement

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top