अमेरिकामा एकैदिन १५९२ कोरोना संक्रमितको मृत्यु

१३ साउन ७७, बुधबार

१४ साउन, वासिङटन।
अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणको। कारण मङ्गलबार एकै दिनमा एक हजार ५९२ जनाको मृत्यु भएको जोन्स हप्किन्स् विश्वविद्यायले जानकारी दिएको छ ।

गत २४ घण्टामा कोरोना भाइरसका कारण भएको यो मानवीय क्षति गएको साढे दुई महिना यताको नै सबैभन्दा बढी भएको जनाइएको छ ।स्थानीय समयानुसार मङ्गलबार राती ८ः१० सम्म एकै दिनमा अमेरिकामा ६० हजार कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका बाल्टिमोर आबद्ध विश्वविद्यालयले जानकारी दिएको छ ।

अमेरिकामा ४४ लाख ९८ हजार ३४३ जनाको सङ्क्रमित भएका छन् भने एक लाख ५२ हजार ३२० जनाको मृत्यु भइसककेको छ ।कोरोना भाइरसको कारण विश्वभरिमा एक करोड ६९ लाख एक हजार ४०७ जना सङ्क्रमित भएका छन् । गत वर्षको डिसेम्बर महिनाबाट चीनको हुबेइ प्रान्तको वुहान शहरबाट शुरु भएको यस भाइरसको कारण विश्वभरीमा छ लाख ६३ हजार ५५७ व्यक्तिको मृत्यु भइसकेको छ ।

Advertisement

रासस / एएफपी

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top