अमेरिकामा कोरोनाको ताण्डव, ११ दिनमा १० हजार बढीको मृत्यु

१४ साउन ७७, बिहीबार

१५ साउन, एजेन्सी ।
कोरोना भाइरसबाट अमेरिकामा ज्यान गुमाउनेको संख्या १ लाख ५३ हजार नाघिसकेको छ।

रोयटर्समा प्रकाशित समाचारका अनुसार मृतक संख्या १ लाख ५३ हजार नाघेको अमेरिकामा पछिल्ला ११ दिनमा मात्रै कोरोनाका कारण १० हजार बढी मानिसको मृत्यु भएको छ।

कोरोनाको महामारी सुरू भएपछि अमेरिकाले कोरोनाका कारण कम्तीमा २ लाख ४० हजार अमेरिकीले ज्यान गुमाउने अनुमान गरेको थियो भने जुलाई १४ मा उसले नोभेम्बर १ सम्ममा २ लाख २४ हजार मानिसको मृत्यु हुने बताएको थियो।

Advertisement

अमेरिकामा पछिल्लो समय अर्थ व्यवस्थालाई लयमा फर्काउन भन्दै संक्रमणदर लकडाउन खोल्न आवश्यक आधारमा नपुगी खोल्न सुरू गरिएको थियो। पछिल्लो समय अमेरिकामा बढिरहेको संक्रमण र मृत्यु यसै कारण भएको मानिएको छ।

यस्तै अमेरिकामा मास्क प्रयोग र सामाजिक दूरी कायम गर्ने कुरामा त्यहाँका नागरिकहरूमा देखिएको अरूचिले पनि कोरोना फैलिएको छ। वर्ल्डमिटरले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले २४ घण्टाको अवधिमा ६६ हजार बढी संक्रमित थपिएका छन् भने १४ सय बढीको मृत्यु भएको छ।

Advertisement

अमेरिका विश्वमा कोरोनाबाट सर्वाधिक प्रभावित मुलुक हो। त्यहाँ हालसम्म ४५ लाख ६८ हजारबढी मानिसलाई संक्रमण भइसकेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top