कोशी अस्पतालका इन्चार्जसहित ४ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, ओपीडी सेवा बन्द

१४ साउन ७७, बिहीबार

१५ साउन, विराटनगर । विराटनगरस्थित कोशी अस्पतालका इन्चार्जसहित ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि अस्पतालको ओपीडी सेवा बन्द गरिएको छ ।

४ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि ओपीडी सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको अस्पतालले जनाएको छ ।

स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि अस्पतालको ओपीडीलगायतका विभागमा कीटाणुनाशक रसायन छर्किने काम भइरहेको बुढाथोकीले बताए । संक्रमितको सम्पर्कमा आएका १४ जनामध्ये २ जनालाई होम क्वारेन्टिन र अन्य १२ जनालाई स्थानीय एक होटेलमा निगरानीमा राखिएको छ ।

Advertisement

ओपीडी सेवा बन्द भए पनि आकस्मिक सेवा फिभर क्लिनिक भने बन्द गरिएको छैन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top