×

NEPAL TIMES UPDATES

Playing
किन छानबिन भएन ज्ञानेन्द्र शाहको सम्पत्ति? || Nepal Times
May 15, 2026
Playing
गौरवका आयोजनाको बेहालः २७ आयोजनामा ५ खर्ब खर्च,३ वटा सम्पन्न || Nepal Times
May 15, 2026
Playing
नेपालको गुप्तचरीको इतिहास,सधै नेताको भकुण्डो, बालेनले के गर्लान् ?|| Nepal Times
May 15, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-01-2083 || Nepal Times
May 15, 2026
Playing
बेइजिङबाट के लिएर फर्किए ट्रम्प ?इरान,ताइवानदेखि व्यापारसम्म|| Nepal Times
May 15, 2026
Playing
कोशीमा फेरि मुख्यमन्त्री फेरिने खेल,एमालेका हातमा लड्डु, कांग्रेसभित्र तगारो || Nepal Times
May 15, 2026
Playing
संविधान संशोधनको बहस जेनजीले बहिष्कार गरेपछि बोल्यो सरकार || Nepal Times
May 15, 2026
Playing
यस वर्षको मनसुनमा कुन–कुन जिल्ला हुनेछन् प्रभावित ?|| Nepal Times
May 15, 2026
Playing
बालेनको ’सुपर प्राइममिनिस्टर’ अवतार || Nepal Times
May 15, 2026
Playing
World News: राष्ट्रपतिको अफेयरले थप्पड! इरान र यूएईका मन्त्रीको झगडा|| Nepal Times
May 15, 2026

कोरोना संक्रमण युवातिर सोझिँदैः डब्लूएचओ

१५ श्रावण २०७७

१५ साउन, एजेन्सी ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसको संक्रमण युवा वर्गमा बढ्दै गएको बताएको छ।

युरोपका लागि डब्लूएचओका निर्देशक डाक्टर ह्यास्न क्लुजले स्वास्थ्य अधिकारीका अनुसार कोरोना संक्रमण युवामा बढी देखिने थालेको बीबीसीसँग बताएका हुन्। डाक्टर ह्यान्सले बीबीसी टुडे कार्यक्रममा भने, ‘अब महामारीसम्बन्धी तथ्यांक अलि फरक देखिएको छ।

Advertisement
Advertisement

अहिल्यै नै यसको पुष्टि गर्ने पर्याप्त प्रमाण त प्राप्त भइसकेको छैन तर हामीलाई प्रशासन र स्वास्थ्य अधिकारीबाट जुन रिपोर्ट प्राप्त भइरहेका छन्, त्यसअनुसार अहिले बढिरहेको कोरोना संक्रमितमा युवा बढी देखिएका छन्।’

यससँग सम्बन्धित आँकडाबारेको प्रश्नमा उनले केही उदाहरण दिएः

–जुन महिनाको मध्येमा स्विडेनमा ४९ वर्षभन्दा कम उमेरका मानिसमा संक्रमण तीव्र देखिएको थियो, अहिले भने युवामा संक्रमण हुने क्रम केही घटेको छ। तर अहिले पनि एक लाख संक्रमितमा २० देखि २९ वर्षसम्मका व्यक्ति छन्।

–यस्तै आयरल्यान्डमा जुलाई २८ तारिखसम्म जति जनलाई कोरोना पुष्टि भयो, तीमध्ये ६० प्रतिशत संक्रमित ४५ वर्षभन्दा कम उमेरका छन्।

Advertisement
Advertisement

–डाक्टर ह्यान्स क्लुज भन्छन्, ‘इजरायलमा कोरोना संक्रमण अहिले स्कुलमा तीव्र गतिमा फैलिरहेको छ। ताजा तथ्यांकअनुसार त्यहाँ कूल संक्रमितमध्ये पाँच भागमा एक भाग १० वर्षदेखि १९ वर्षसम्मका छन् भने अर्को पाँच भागमा एक भाग २० देखि २९ वर्षसम्मका छन्। (बीबीसी)

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top