×

NEPAL TIMES UPDATES

Playing
किन छानबिन भएन ज्ञानेन्द्र शाहको सम्पत्ति? || Nepal Times
May 15, 2026
Playing
गौरवका आयोजनाको बेहालः २७ आयोजनामा ५ खर्ब खर्च,३ वटा सम्पन्न || Nepal Times
May 15, 2026
Playing
नेपालको गुप्तचरीको इतिहास,सधै नेताको भकुण्डो, बालेनले के गर्लान् ?|| Nepal Times
May 15, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-01-2083 || Nepal Times
May 15, 2026
Playing
बेइजिङबाट के लिएर फर्किए ट्रम्प ?इरान,ताइवानदेखि व्यापारसम्म|| Nepal Times
May 15, 2026
Playing
कोशीमा फेरि मुख्यमन्त्री फेरिने खेल,एमालेका हातमा लड्डु, कांग्रेसभित्र तगारो || Nepal Times
May 15, 2026
Playing
संविधान संशोधनको बहस जेनजीले बहिष्कार गरेपछि बोल्यो सरकार || Nepal Times
May 15, 2026
Playing
यस वर्षको मनसुनमा कुन–कुन जिल्ला हुनेछन् प्रभावित ?|| Nepal Times
May 15, 2026
Playing
बालेनको ’सुपर प्राइममिनिस्टर’ अवतार || Nepal Times
May 15, 2026
Playing
World News: राष्ट्रपतिको अफेयरले थप्पड! इरान र यूएईका मन्त्रीको झगडा|| Nepal Times
May 15, 2026

इङ्गल्यान्डमा लकडाउन खुकुलो पार्ने कार्य पछाडि सारियो

१७ श्रावण २०७७

१७ साउन, एजेन्सी ।
इङ्गल्यान्डमा कोरोनाभाइरस सङ्क्रमण बढेको पाइएपछि यो सप्ताहन्तदेखि खुकुलो पारिने भनिएका क्षेत्रहरूमा लकडाउन कम्तीमा अर्को दुई हप्ताका लागि कायम राख्ने निर्णय गरिएको छ।

प्रधानमन्त्री बोरिस जोनसनले अहिले साइकलमा ब्रेक लगाउनुपर्ने बेला आएको भनेका छन्। क्यासिनो र बावलिङ खेलस्थलहरू बन्द रहनेछन्। सिनेमाहलजस्ता स्थानमा मास्क अनिवार्य हुनेछ।

Advertisement
Advertisement

इङ्गल्यान्डका प्रमुख मेडिकल अफिशर प्राध्यापक क्रिश ह्वीटीले डाउनिङ स्ट्रीटमा प्रधानमन्त्रीसँगै उपस्थित भएर भनेः सबै क्षेत्र खुला गरेर पनि भाइरस नियन्त्रण हुन्छ भन्ने विचार गलत छ। यो सप्ताहन्तमा आयोजना गर्न लागिएका परीक्षण खेल प्रतियोगितमा प्रशंसकहरूलाई सहभागी नगराइने भएको छ ।

प्रधानमन्त्रीले जोनसनले दैनिक र साप्ताहिक मृत्यु सङ्ख्या कम भएको औँल्याउँदै कोरोनाभाइरस नियन्त्रणमा भएको प्रगति निरन्तर रहने बताए। तर केही युरोपेली मुलुकहरू कोरोनाभाइरस नियन्त्रण गर्न सङ्घर्ष गरिरहेको भन्दै जोनसनले त्यस्तो अवस्था आएमा यूके तयार अवस्थामा रहनुपर्ने बताए ।

राष्ट्रिय तथ्याङ्क विभाग (ओएनस)ले शुक्रवार जारी गरेको तथ्याङ्क अनुसार एक हप्ता अगाडि प्रतिदिन ३,२०० जनामा सङ्क्रमण पुष्टि हुने गरेकोमा यो हप्ता प्रतिदिन करिब एक हजारले बढेर ४,२०० जति पुगेको छ।

प्रधानमन्त्री जोनसनले मानिसहरूलाई नियम पालना गर्न, हात धुन मास्क लगाउन र भौतिक दूरि कायम राख्न र लक्षण देखा परेको भए परीक्षणमा जान आग्रह गरे । उनले नारा पनि बनाएका छन् । हात, अनुहार, दूरी र परीक्षण। यूकेमा अहिलेसम्म कोरोनाभाइरसका कारण ४६,११९ जनाले ज्यान गुमाइसकेका छन्।

जोनसनले अगस्ट १ तारिखदेखि खोल्ने भनिएका क्षेत्रहरू कम्तीमा दुई हप्ता पछाडि सारिएको बताएका छन्। अर्को सप्ताहन्तदेखि सङ्ग्रहालय र प्रार्थना गर्ने ठाउँहरूमा समेत मास्क अनिवार्य बनाइने भएको छ। अहिले पसल, ब्याङ्क, विमानस्थल र भवनभित्र रहेका यातायात कार्यालयमा मास्क अनिवार्य रहेको छ।

मे यता इङ्गल्यान्डमा पहिलोपटक कोरोनाभाइरस सङ्क्रमण बढेको पाइएको छ। ३,२०० प्रतिदिनबाट ४,२०० जनामा प्रतिदिन सङ्क्रमण पुष्टि भएको छ। यो महामारी उच्चतम विन्दुमा रहेको मार्चको बेला भन्दा कम हो तर नयाँ तथ्याङ्कले केही सङ्केत गर्छ।

हरेक प्रतिबन्ध खुकुलो बनाउँदा कोरोनाभाइरस सङ्क्रमण फैलिने क्षमता बढ्छ। र वैज्ञानिकहरूले सरकारलाई प्रतिबन्ध तत्काल धेरै खुकुलो नबनाउन सतर्क बनाउँदै आएका थिए। बढेको सङ्क्रमण चेतावनी हो र यसले लकडाउनको सीमा हामीले पार गरिसकेका छौँ भन्ने देखाउन सक्छ।

त्यसैले प्रधानमन्त्री बोरिस जोनसनले मास्क प्रयोगमा जोड दिँदै लकडाउन खुकुलो बनाउने काम पछाडि सारेका हुन्। सबभन्दा ठूलो प्रश्न चाहिँ स्कुल खोल्ने कि नखोल्ने भन्नेमा छ।  यदि सङ्ख्या बढ्दै गयो भने के निर्धारित समयमा स्कूल खोल्न सकिन्छरु स्कूल खोल्ने हो भने अरू कुनै क्षेत्र पो बन्द गर्नुपर्ने हुन्छ कि ?

Advertisement
Advertisement

जुलाईमा यस्तो भइरहेको छ। वैज्ञानिकहरू हिउँद याममा भाइरस झन् सजिलै फैलिने अनुमान लगाइरहेका छन् । (बीबीसी)

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top