×

NEPAL TIMES UPDATES

Playing
किन छानबिन भएन ज्ञानेन्द्र शाहको सम्पत्ति? || Nepal Times
May 15, 2026
Playing
गौरवका आयोजनाको बेहालः २७ आयोजनामा ५ खर्ब खर्च,३ वटा सम्पन्न || Nepal Times
May 15, 2026
Playing
नेपालको गुप्तचरीको इतिहास,सधै नेताको भकुण्डो, बालेनले के गर्लान् ?|| Nepal Times
May 15, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-01-2083 || Nepal Times
May 15, 2026
Playing
बेइजिङबाट के लिएर फर्किए ट्रम्प ?इरान,ताइवानदेखि व्यापारसम्म|| Nepal Times
May 15, 2026
Playing
कोशीमा फेरि मुख्यमन्त्री फेरिने खेल,एमालेका हातमा लड्डु, कांग्रेसभित्र तगारो || Nepal Times
May 15, 2026
Playing
संविधान संशोधनको बहस जेनजीले बहिष्कार गरेपछि बोल्यो सरकार || Nepal Times
May 15, 2026
Playing
यस वर्षको मनसुनमा कुन–कुन जिल्ला हुनेछन् प्रभावित ?|| Nepal Times
May 15, 2026
Playing
बालेनको ’सुपर प्राइममिनिस्टर’ अवतार || Nepal Times
May 15, 2026
Playing
World News: राष्ट्रपतिको अफेयरले थप्पड! इरान र यूएईका मन्त्रीको झगडा|| Nepal Times
May 15, 2026

हरेक स्थानीय तहमा स्तनपान कक्षको स्थापना गरिने

१७ श्रावण २०७७

१७ साउन,काठमाडौं ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले विश्व स्तनपान सप्ताह २०७७ का अवसरमा शुभकामना सन्देश दिँदै स्तनपानलाई संरक्षण र सम्बद्र्धन गर्न हरेक स्थानीय तहमा स्तनपान कक्षको स्थापना गरिएको जनाएका छन् ।

आमाको दूध बच्चाका लागि अमृत समान मानिन्छ भने बच्चा जन्मने वित्तिकै स्तनपान गर्न पाउनु शिशुको नैसर्गिक अधिकार हो । “शिशु जन्मेपछि केही दिनसम्म आउने बाक्लो, पहेँलो बिगौती दूधमा रोगसँग लड्ने एक प्रकारको प्रतिरोधात्मक तत्व रहेको हुन्छ ।

Advertisement
Advertisement

जसले शिशुलाई सङ्क्रामक रोग लाग्नबाट बचाउने हुनाले स्तनपानलाई पहिलो खोपको रुपमा लिइन्छ । त्यसकारण शिशु जन्मिएपछि जतिसक्दो चाँडो एक घण्टाभित्रमा उसलाई आमाको बिगौती दूध अनिवार्यरुपमा खुवाउनुपर्छ”, सन्देशमा भनिएको छ, “आमाको बिगौती दूधले भविष्यमा बालबालिकालाई विभिन्न प्रकारका रोगको जोखिमबाट टाढा राख्दछ र बाल मृत्युदर घटाउनुका साथै आमाको स्वास्थ्यमा सकारात्मक असर पार्दछ ।”

सन्देशमा सरकारले स्तनपानलाई संरक्षण र सम्बद्र्धन गर्न तथा सबै प्रकारका कुपोषण न्यूनीकरणका लागि विभिन्न कार्यक्रम गर्दै आइरहेको र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा धेरैजसो राष्ट्रिय विमानस्थलमा स्तनपान कक्षको स्थापना भएको जनाइएको छ ।

अस्पतालमा स्तनपानलाई प्रवद्र्धन गर्न तथा बट्टाको दूधलाई निरुत्साहित गर्न मातृ, शिशुमैत्री अस्पतालका रुपमा विकास गर्ने अभियान पनि विस्तार भइरहेको पनि उल्लेख छ ।

‘स्वस्थ र सुन्दर संसार, स्तनपान एक मात्र आधार’ भन्ने मूल नाराका साथ आजदेखि २३ गतेसम्म विश्व स्तनपान सप्ताह २०७७ मनाइँदैछ । स्तनपान संरक्षण तथा सम्बद्र्धन गर्ने उद्देश्यले सन् १९९२ देखि हरेक वर्ष संसारभर अगस्ट १ देखि ७ सम्म विश्व स्तनपान सप्ताह मनाइँदै आइएको छ ।

नेपालमा ९९ प्रतिशत आमाले कम्तीमा एक पटक आफ्ना शिशुलाई स्तनपान गराउने गरेका छन् । मन्त्री ढकालले स्तनपान गराइरहेकी कामकाजी आमालाई स्तनपानमैत्री वातावरण सिर्जना गरी सहयोग गर्न सबै सरकारी, गैरसरकारी कार्यालयलाई अनुरोध गर्दै सेवाग्राहीको भीडभाड हुने सार्वजनिकस्थलमा स्तनपान कक्षको स्थापना गरी स्तनपानलाई संरक्षण तथा सम्बद्र्धन गरिदिन सबै सरोकारवालालाई आह्वान गरे ।

Advertisement
Advertisement

उनले कुपोषणको समस्या समाधान गर्दै स्वस्थ मानव पूँजीको विकासमार्फत समृद्ध नेपाल, सुखी नेपालीको महाअभियानमा सबै जनाले आआफ्नो स्थानबाट सहयोग गर्न पनि अपिल गरेका छन् । (रासस)

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top