‘इनफ इज इनफ’ अभियानका सदस्यहरु पक्राउ

१६ साउन ७७, शनिबार

१७ साउन, काठमाडौं ।
नक्सालस्थित भाटभटेनी सुपरमार्केट अगाडि शान्तिपूर्ण रुपमा प्रदर्शन गरिरहेका ‘इनफ इज इनफ’ अभियानका सदस्यहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

पर्चा, पम्पलेटबिना शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन जान हिँडेका बेला बाटोबाटै पक्राउ गरिएको अभियानकी सदस्य भावना राउतले बताइन् । प्रहरीले राउतसहित, शशिविक्रम कार्की, विजयबाबु सिवाकोटीलगायत २० जनालाई पक्राउ गरेको छ ।

‘इनफ इज इनफ’ अभियानले केही दिनदेखि कोरोना रोकथाममा सरकारले लापरबाही गरेको, स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरिएको र पर्याप्त मात्रामा पीसीआर परीक्षण नगरिएको भन्दै विरोध प्रदर्शन गरिरहेको छ ।

Advertisement

शुक्रबार पनि प्रधानमन्त्री निवास बालुवाटरअघि अभियानको शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरीले धरपकड गरेको थियो ।

शुक्रबार रन्जु दर्शजा, सुदन गुरुङ, आलोक सुवेदी, सुधन मानन्धर, शशिविक्रम कार्की, वृतान्त खनाल, सौरभ न्यौपाने, पवन थापालगायत ५० भन्दा बढीलाई नियन्त्रणमा लिएर छाडिएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top