आज इलाममा १७ जना सशस्त्र प्रहरीमा कोरोना पुष्टि

१७ साउन ७७, शनिबार
Share this
821shares

१७ साउन, इलाम ।
इलाममा शनिबार एकैदिन १७ जना सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

Advertisement

विराटनगरमा रहेको प्रदेश प्रयोगशालामा ४० जनाको स्वाब सङ्कलन गरी पठाइएकामध्ये १७ जनामा रिपोर्ट पोजेटिभ आएको सशस्त्र प्रहरी गणका एसपी सुधीरजंग थापाले जानकारी दिए।

योसँगै इलाममा २७ जना सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कुल सङ्क्रमितको सङ्ख्या ५७ पुगेको छ ।

Advertisement

बाँकी ४० जनाको स्वाब सङ्कलनको तयारी भइरहेको र पोजेटिभ देखिएका सबैलाई थप उपचारको लागि मोरङ गोठगाउँको कोरोना अस्पताल लैजान लागिएको एसपी थापाले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top