Nepal Times
Nepal Times
3
Shares

आगलागीको जोखिम कम गर्न अग्नि रेखा निर्माण

आगलागीको जोखिम कम गर्न अग्नि रेखा निर्माण

खजुरा, बाँके, १० वैशाख  ः गर्मीयाम शुरु भएसँगै आगलागीको जोखिम कम गर्न बाँके राष्ट्रिय निकुञ्जले १४० किलोमिटर क्षेत्रमा अग्नि रेखा निर्माण गरेको छ ।

निकुञ्ज क्षेत्रअन्तर्गत पर्ने महादेवा, कोहलपुर, चिसापानी, मुगुवा र खैरी खोलालगायतको क्षेत्रमा अग्निरेखा निर्माण गरिएको बाँके निकुञ्जले जनाएको छ ।

दाङको अमिलिया क्षेत्रको चुरे जंगलमा आगो फैलिएकाले बाँके निकुञ्जमा पनि आगलागी फैलिन सक्ने जोखिम बढेको छ । चुरे क्षेत्रमा बाक्लो मात्रामा बाबियो खर भएकाले आगो छिटो फैलिन सक्ने खतरा बढेको छ ।

निकुञ्जमा आगलागी हुन नदिन स्थानीयवासी, सुरक्षाकर्मी, वन कर्मचारी सबै एक भएर तयारी गरिएको निकुञ्जका सहायक संरक्षक अधिकृत लालबहादुर भण्डारीले बताए ।
रासस

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.