×

NEPAL TIMES UPDATES

Playing
किन छानबिन भएन ज्ञानेन्द्र शाहको सम्पत्ति? || Nepal Times
May 15, 2026
Playing
गौरवका आयोजनाको बेहालः २७ आयोजनामा ५ खर्ब खर्च,३ वटा सम्पन्न || Nepal Times
May 15, 2026
Playing
नेपालको गुप्तचरीको इतिहास,सधै नेताको भकुण्डो, बालेनले के गर्लान् ?|| Nepal Times
May 15, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-01-2083 || Nepal Times
May 15, 2026
Playing
बेइजिङबाट के लिएर फर्किए ट्रम्प ?इरान,ताइवानदेखि व्यापारसम्म|| Nepal Times
May 15, 2026
Playing
कोशीमा फेरि मुख्यमन्त्री फेरिने खेल,एमालेका हातमा लड्डु, कांग्रेसभित्र तगारो || Nepal Times
May 15, 2026
Playing
संविधान संशोधनको बहस जेनजीले बहिष्कार गरेपछि बोल्यो सरकार || Nepal Times
May 15, 2026
Playing
यस वर्षको मनसुनमा कुन–कुन जिल्ला हुनेछन् प्रभावित ?|| Nepal Times
May 15, 2026
Playing
बालेनको ’सुपर प्राइममिनिस्टर’ अवतार || Nepal Times
May 15, 2026
Playing
World News: राष्ट्रपतिको अफेयरले थप्पड! इरान र यूएईका मन्त्रीको झगडा|| Nepal Times
May 15, 2026

कोरोनाबाट समस्यामा परेका नेपालीका लागि कतारले दियो राहत कुपन

१९ श्रावण २०७७

योगेन्द्र योगी
१९ साउन, दोहा ।

कतार सरकारको संस्था कतार च्यारिटिले कोरोना भाइरस महामारीका कारण समस्यामा परेका नेपाली श्रमिकहरुका लागि २२५० राहत कुपन उपलब्ध गराएको छ ।

Advertisement
Advertisement

विश्वब्यापी रुपमा देखापरेको करोना भाइरस नियन्त्रणका क्रममा कतार सरकारले आफ्ना नागरिक तथा अन्य आप्रवासी नागरिक सबैका लागि समान व्यवहार गर्दै सो राहत कुपन गैरआवासीय नेपाली संघ कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान मार्फत दिएको एनआरएनए कतारका प्रवक्ता सन्तोष क्षेत्रीले जानकारी दिएका छ ।

प्रवक्ता क्षेत्रीका अनुसार प्राप्त भएको राहत कुपन आवश्यकता अनुसार कोरोनाबाट पीडित तथा खानको लागि समस्या भएको नेपाली श्रमिकलाई वितरण गरिने बताएका छन् ।

कोरोनाबाट सतर्कता तथा सावधानी कदमहरुको पालना गर्ने क्रममा यहाँ रहेका केही नेपाली श्रमिकहरुलाई देखापरेका समस्या समाधानका निम्ति गैरआवासीय नेपाली संघ   र नेपाली दूतावासको समेत समन्वयमा कतार च्यारिटिमार्फत उपलब्ध ५,९१७ थान राहत स्वरुप खाद्यसामग्री वितरण गरिसकिएको जनाइएको छ ।

कतारमा कोरोना सङ्क्रमणबाट १७ जना नेपाली श्रमिकले ज्यान गुमाएको कतारस्थित नेपाली दूतावासले जनाएको छ । कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन ।

Advertisement
Advertisement

कतारमा के कति नेपाली कामदार कोरोनाबाट संक्रमित भए भन्ने बारे दूतावाससंग पनि तथ्याङ्क छैन । कोरोनाबाट संक्रमित धेरै नेपालीहरु अहिले निको भएर काममा फर्किसकेका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top