Nepal Times
Nepal Times
3
Shares

पार्टी एकता घोषणा हुनमात्रै बाँकी ः मन्त्री थापा

पार्टी एकता घोषणा हुनमात्रै बाँकी ः मन्त्री थापा

चितवन, १० वैशाख ः गृहमन्त्री रामबहादुर थापाले दुई पार्टी एकताको सबै विषय टुंगिएकाले घोषणा हुनमात्रै बाँकी रहेको बताएका छन् ।

आज चितवनमा पत्रकारहरुसँगको कुराकानीमा उनले टुंगिन बाँकी रहेका राजनीतिक, वैचारिक र संगठनात्मक आधारहरु पनि तय भइसकेको बताए ।

संयोजन समितिले मिति तोक्नमात्रै बाँकी रहेको छ भन्दै गृहमन्त्री थापाले सामान्य प्राविधिक कारण ऐतिहासिक दिन वैशाख ९ गते एकता घोषणा हुन नसकेको प्रष्ट्याए । “जनयुद्धको भूमिकालाई संलेषण गर्ने र संगठनात्मक विषयमा नेतृत्वको संरचना कस्तो हुने भन्ने विषय पनि टुंगिइसकेको छ ।” उनले भने, “बाँकी टुङ्ग्याउनु पर्ने विषय छैन । छिट्टै नै एकताको घोषणा हुन्छ ।”

नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) का सबै नेताको व्यवस्थापन गर्ने विषय पनि अन्तरिम विधानमार्फत टुंगो लागेको र केन्द्र, प्रदेश र जिल्लामा दुई पदीय नेतृत्व रहने छ भन्दै गृहमन्त्री थापाले कोही कसैका कारण दुई पार्टीको एकतामा असर नपर्ने उल्लेख गरे ।

अर्काे एक प्रश्नमा मन्त्री थापाले प्रहरीको संरचना संघीय र प्रादेशिक हुने र त्यसका लागि मन्त्रिपरिषद्ले निर्देश गरिसकेको छ भने ।
रासस

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.