×

NEPAL TIMES UPDATES

Playing
किन छानबिन भएन ज्ञानेन्द्र शाहको सम्पत्ति? || Nepal Times
May 15, 2026
Playing
गौरवका आयोजनाको बेहालः २७ आयोजनामा ५ खर्ब खर्च,३ वटा सम्पन्न || Nepal Times
May 15, 2026
Playing
नेपालको गुप्तचरीको इतिहास,सधै नेताको भकुण्डो, बालेनले के गर्लान् ?|| Nepal Times
May 15, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-01-2083 || Nepal Times
May 15, 2026
Playing
बेइजिङबाट के लिएर फर्किए ट्रम्प ?इरान,ताइवानदेखि व्यापारसम्म|| Nepal Times
May 15, 2026
Playing
कोशीमा फेरि मुख्यमन्त्री फेरिने खेल,एमालेका हातमा लड्डु, कांग्रेसभित्र तगारो || Nepal Times
May 15, 2026
Playing
संविधान संशोधनको बहस जेनजीले बहिष्कार गरेपछि बोल्यो सरकार || Nepal Times
May 15, 2026
Playing
यस वर्षको मनसुनमा कुन–कुन जिल्ला हुनेछन् प्रभावित ?|| Nepal Times
May 15, 2026
Playing
बालेनको ’सुपर प्राइममिनिस्टर’ अवतार || Nepal Times
May 15, 2026
Playing
World News: राष्ट्रपतिको अफेयरले थप्पड! इरान र यूएईका मन्त्रीको झगडा|| Nepal Times
May 15, 2026

कुविण्डेमा बँदेलको बथानबाट मकैबाली सखाप

१९ श्रावण २०७७

१९ साउन, सल्यान ।
सल्यानको पश्चिमी क्षेत्र वनगाड कुविण्डे नगरपालिकामा बदेलको बथानले मकैबाली सखाप पार्न थालेका छन् ।

नगरपालिकाका केही बस्तीमा बँदेलको बथानले पाक्नै लागेको मकैबाली सखाप पारेका हुन् । बँदेलले वनगाड कुपिण्डे नगरपालिका– ९ का गीठाचौर, स्वारा, शेरा र शारदा नगरपालिकाका ओखरेनी, ¥याले, अँधेरीलगायतका गाउँमा बँदेलेको समूहले मकैबाली तहसनहस पार्न थालेपछि किसान चिन्तित भएका छन् ।

Advertisement
Advertisement

नजिकैका जङ्गलबाट आएको बँदेलको बथानले पाक्नै लागेको मकैबाली नष्ट पारेपछि किसान चिन्तित हुन थालेको पीडित काशीराम बोहराले जानकारी दिए । दिनभरि जङ्गलमा बस्ने र राति भएपछि बारीमा आएर मकै नष्ट पार्न थालेको बोहोराको भनाइ छ ।

“परिवारको वर्षभरि पेट पाल्ने मकै दुई दिनमा बँदेलले तहसनहस पारिसके अब कसरी परिवारको गर्जो टार्ने चिन्ता लाग्न थालेको छ”, बोहोराले भने । नजिकैका जङ्गलबाट रातको समयमा आएर मकैबारी नष्ट पार्ने वनगाड कुपिण्डे– ९ का अनिल बस्नेतले जानकारी दिए ।

“हामीलाई बँदेलले वर्षेनी दुःख दिँदै आएको छ । सरोकारवाला निकायमा जति कुरा राखे पनि सनुवाइ हुँदैन, अब हामीले बसाइँ सर्नुबाहेकको विकल्प छैन”, बस्नेतले भने । किसान मकै जोगाउन रातभरि बारीमा जाग्राम बस्दै आएको बस्नेतको भनाइ छ ।

“केही दिनदेखि हामी गाउँका सबै रातभरि बारीमै बस्छौँ, थाल ठटाउने, होहल्ला गरे पनि बँदेल बारीमा छिरेर मकै नष्ट गरेको थाहै हुँदैन”, बस्नेतले भने । लकडाउनले बाहिर कमाउन पनि जान नसक्ने लगाएको बालीनालीसमेत जङ्गली जनवारले नष्ट पार्न थालेपछि परिवारको गर्जो कसरी टार्ने भन्नेमा चिन्ता हुन थालेको किसानले बताउन थालेका छन् ।

बँदलेलले दुःख दिन थालेपछि किसान रातभर बारीमै पहरा दिन थालेका छन् । रातभरि बारीमा जाग्राम बस्दा पनि बँदेल बारीमा पसेर मकै नष्ट पार्न थालेका अर्का किसान रिमबहादुर बुढाथोकीले भने ।

“बँदेलले यहाँ मकैबाली मात्रै हैन अब मकै सकिएपछि धानबाली र गहुँबालीसमेत नष्ट गर्ने गरेको छ, जङ्गल छेउका बस्तीमा बँदेलको बथान ठूलो छ दुःख नदिएको कुनै वर्ष छैन”, बुढाथोकीले भने ।

“हामीले बँदेल नियन्त्रण गर्न सम्बन्धित निकायमा सूचना दिएका छौँ तर पनि सुनुवाइ हुँदैन, बँदेलले दिएको दुःखले बस्ती छोड्नुपर्ने अवस्था हुन थालेको छ”, वनगाड कुपिण्डे– ९ का ध्रुव नेपालीले भने, “गिठाचौर बस्तीमा वर्षेनी बँदेलको बथानले बालीनाली नष्ट नपारेको कुनै वर्ष नै छैन, किसानले बालीनालीको बीउसम्म जोगाउनसक्ने अवस्था छैन ।”

बँदेलले वर्षेनी दुःख दिइरहेको कुरा सम्बन्धित निकायलाई थाहा भए पनि कुनै चासो नदिएको स्थानीयको भनाइ छ । जिल्लाको पश्चिमी क्षेत्रमा बस्ती नजिक घना जङ्गल भएकाले पनि वर्षेनी स्थानीय जङ्गली जनवारबाट प्रभावित भइरहेका छन् ।

Advertisement
Advertisement

बँदेलले हरेक वर्ष यस क्षेत्रका करिब ४०० घरधुरीले लगाउँदै आएको अन्नबाली नष्ट पार्दै आएका छन् । पछिल्लो समय जिल्लामा चोरी शिकारीसमेत रोकिएकाले जङ्गलमा बँदेलको सङ्ख्यामा वृद्धि भएकाले पनि वर्षेनी बालीनालीको क्षतिमा पनि वृद्धि हुँदै गएको पीडित किसानको भनाइ छ ।(रासस)

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top