ढाकाबाट काठमाडौंका लागि बस छुटे

९ बैशाख ७५, सोमबार

वैशाख १० – बंगलादेशको राजधानी ढाकाबाट  काठमाडौंका परिक्षण स्वरूप  दुई बस छुटेका छन् ।

बंगलादेश रोड ट्रान्सपोर्ट कोर्पोरेसनका अध्यक्ष फरिदउद्धिनको नेतृत्वमा  तीन देशका ८० जना डेलिगेटहरु दुई वटा बसमा काठमाडौंका लागि हिँडेका हुन् ।जुन १५, २०१५ मा बंगलादेश–भुटान–भारत–नेपालबीच यातायात सञ्चालन गर्ने (बिबिआईएन) सम्झौता भएको थियाे ।

 

Advertisement

सोमबार बिहान ढाकाबाट हिँडेका ती बस बिहीबार काठमाडौं आइपुग्नेछन् । अहिले परीक्षणका रुपमा बस चलाइए पनि छिट्टै नै सम्झौता गरेर व्यापारिक प्रयोजनका हिसाबले बस सञ्चालन गरिने बंगलादेशका सडक विभागका सचिव नजरुल इस्लामले बताएका छन् ।

राजधानी ढाकाबाट ढाकामा रहेको भारतीय उच्च आयोगका प्रथम सचिव गौरव गांगुली, त्यस्तै ढाकामा रहेको नेपाली राजदूतावासका उपप्रमुख धनबहादुर ओलीले झण्डा हल्लाएर बसलाई बिदाई गरेका थिए ।

Advertisement

ढाकाबाट छुटेका ती बस बंगलादेशको बंगबन्धु हुँदै भारत–बंगलादेश सीमा फूलबारी भएर सिलिगुडी हुँदै काँकडभिट्टाबाट नेपाल प्रवेश गर्नेछन् । श्यामोली परिवहनका दुई बस काठमाडौंका लागि छुटेका हुन् । ढाका–काठमाडौं सडक दूरी झण्डै एक हजार एक सय किलोमिटर रहेको छ ।

अहिले लालमोनिरत–बुरीमारी–चंग्रबन्ध–सिलिगुडीको रुट प्रयोग गरिए पनि पछि नयाँ रुट प्रयोग गरिने बताइएको छ ।

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top