Nepal Times
Nepal Times
3
Shares

दुतावासमा बम बिस्फोटन गरेकाे अाराेपमा दुई जना पक्राउ

दुतावासमा बम बिस्फोटन गरेकाे अाराेपमा दुई जना पक्राउ

विराटनगरः  गत बैसाख ३ गते भारतीय दुतावासको क्याम्प अफिसमा नजिकै बम पडकाएको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका ब्यक्ति  विप्लप माओवादीका कार्यकर्ता रहेकाे प्रहरीले जनाएकाे छ ।

विराटनगर– १३ मा रहेको राजदुतावास सम्पर्क कार्यालयको पश्चिम तर्फ रहेको खुल्ला चौरमा बम बिस्फोट गराएको अभियोगमा प्रहरीले विप्लप माओवादीका कार्यकर्ता युगेन भन्ने उदय राई र भीम लिम्बुलाई पक्राउ गरी बम ऐन अन्तरगत मुद्धा दर्ता गरेको हो ।

आइतवार पक्राउ गरेको प्रहरीले आज सोमवार पत्रकार सम्मेलन गरी ती ब्यक्ति विस्फोट घटनामा संलग्नता भएको जानकारी दिएको हो । पक्राउ परेका ४२ बर्षिय उदय मोरङ बेलवारी नगरपालिका–४ निवासी हुन् । भने ३४ बर्षिय भीम ताप्लेजुङ थुकिमा– ७ का का बासिन्दा हुन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.