नेता नेपालसँग चिनियाँ राजदूतकाे शिष्टाचार भेट

९ बैशाख ७५, सोमबार

काठमाडौँ, १० वैशाख  ः नेकपा (एमाले)का नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग नेपालका लागि चिनियाँ राजदूत यू होङले शिष्टाचार भेटवार्ता गरेका छन् ।

नेता नेपालको निवास कोटेश्वरमा आज भएको भेटमा द्विपक्षीय हित र चासोका विषयमा कुराकानी भएको एमाले प्रचार विभाग सचिव विष्णु रिजालले जानकारी दिए।

नेता नेपालले नेपालको विकासमा चीन सरकारले गरेको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा पनि त्यस्तो सहयोग निरन्तर जारी रहने विश्वास व्यक्त गरेका थिए ।

Advertisement

नेपालको आर्थिक विकास र समृद्धिको पक्षमा चीन सरकारको सहयोग महत्वपूर्ण रहेको भन्दै पूर्व प्रधानमन्त्री नेपालले केरुङदेखि काठमाडौँसम्मको रेलमार्ग आफूहरुको प्रमुख प्राथमिकतामा रहेको बताएका थिए ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top