Nepal Times
Nepal Times
3
Shares

साहित्यकार प्रधानको निधन

साहित्यकार प्रधानको निधन

बागलुङ, १० वैशाख  ः साहित्यकार शिवकुमार प्रधानको निधन भएको छ । ८३ वर्षीय प्रधानको गएराति बागलुङस्थित घरमै निधन भएको हो ।

प्रधान नेपाली, संस्कृत र अङ्ग्रेजी भाषाका ज्ञाता थिए । उनका तिनै भाषामा गरी दुई दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् । प्रधानका केही पुस्तक प्रकासोन्मुख अवस्थामा थिए ।

उनले कालिदासले रचना गरेको ‘मेघदूत’ को नेपाली अनुवादसमेत गरेका छन् । प्रधान बागलुङ उद्योग वाणिज्य संघको संस्थापक अध्यक्षसमेत थिए । स्व प्रधानको आज कालीगण्डकी किनारस्थित निरयघाटमा अन्त्येष्टि गरिएको छ । उनका तीन श्रीमती, सात छोरा र चार छोरी छन् ।
रासस

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.