टेकराज बन्जरा
बैशाख १०, विराटनगर
नेको इन्सुरेन्स कम्पनीले अन्नपुर्ण इम्पेक्स प्रा.ली.लाई बीमा दाबी रकम रु साढे पाँच करोड भुक्तानी गरेको छ ।
आज विराटनगर स्थित नेको इन्सुरेन्सको कार्यालयमा कार्यालयका तर्फबाट शाखा प्रमुख नारायण गौतमले अन्नपुर्ण इम्पेक्स प्रा.ली.का राजेन्द्रल कुमार राठीलाई दाबी रकम बराबरको चेक भुक्तानी गरेका हुन् ।
गत साउनमा गएको बाढीका कारण भएको क्षती बापत बीमा दाबी रकम भुक्तानी गरेको नेको इन्सुरेन्स विराटनगरका शाखा प्रमुख नारायण गौतमले बताए ।
विराटनगर–८ हाटखोलामा रहेको अन्नपुर्ण इम्पेक्सले अग्नी बीमालेख अन्तर्गत बाढी जोखिम बीमा पनि गरेको थियो ।