नेपालबाट भारतमा सुन तस्करी गर्ने पक्राउ

२१ साउन ७७, बुधबार
Share this
667shares

२१ साउन, कपिलवस्तु ।
नेपालबाट सुन लुकाई भारत पुराउने काममा संलग्न एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ।

Advertisement

भारतबाट लुकीछिपी नेपाल आउँदै गर्दा कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नं १ पकडीका ३६ वर्षीय विनोद सोनार समातिएका हुन्। ​सोनारबाट १६ लाख नेपाली रुपैयाँ बरामद गरेको छ।

मायादेवी गाउँपालिका वडा नं ४ ठकुरापुर गोब्ली बगैँचाबाट सशस्त्र प्रहरीको नियन्त्रणमा परेका हुन्। ठूलो रकमसहित फेला परे पछि सशस्त्र प्रहरीले सोधपुछ गर्दा रकमको स्रोत बताउन नसके पछि नियन्त्रणमा लिएको थियो।

Advertisement

सोनारलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक धुव्र कार्कीले बताए। पक्राउ परेका सोनारको साथबाट १ हजार दरका एक एक सय थानका १२ गड्डी र ५ सय दरका एक एक सय थानका ८ गड्डी बरामद गरिएको जनाइएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top