इंग्ल्यान्डविरुद्ध पहिलो टेष्ट खेलमा पाकिस्तानको राम्रो सुरुवात

इंग्ल्यान्डविरुद्ध पहिलो टेष्ट खेलमा पाकिस्तानको राम्रो सुरुवात

२२ साउन, एजेन्सी । इंग्ल्यान्डविरुद्ध पहिलो टेष्ट खेलमा पाकिस्तानले उत्तम सुरुवात गरेको छ । युवा ब्याट्सम्यान तथा उप कप्तान बाबर आजमले आफ्नो लयलाई निरन्तरता दिएपछि पाकिस्तानले इंग्ल्यान्डविरुद्धको पहिलो खेलमां राम्रो सुरुवात गरेको हो ।

ओल्ड ट्राफर्ड म्यानचेस्टरमा टस जितेर पहिले ब्याटिङ रोजेको पाकिस्तानले पहिलो दिन ४९ ओभरमा २ विकेटको क्षतिमा जम्मा १ सय ३९ रन बनाएको छ ।

वर्षा र ब्याड लाइटको कारण पहिलो दिनको दोस्रो र तेस्रो सेसन भने प्रभावित बन्न पुग्यो ।

इंग्ल्यान्डले अलराउन्डर बेन स्टोक्सलाई प्रमुख ब्याट्सम्यानको रुपमा खेलाएको छ । पहिलो दिन इंग्ल्यान्डका ६ बलरले बलिङ गरि सकेका छन् । तर स्टोक्सले गरेका छैनन् । यता पाकिस्तानले यासिर शाह र शादब खान गरि दुई स्पिनर मैदान उतारेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.