यसकारण युवाहरु झन् बढी संक्रमित हुँदै

२३ साउन ७७, शनिबार

काठमाडौं : युवामा रोग प्रतिरोधात्मक क्षमता बढी हुन्छ भनिन्छ। तर, यही उमेरसमूहका व्यक्ति कोरोनाबाट बढी संक्रमित छन्। २१ देखि ३० वर्ष उमेरसमूहमा संक्रमण ३९.९ प्रतिशत छ। दोस्रोमा ३१ देखि ४० वर्ष उमेरमा संक्रमण २३.५ प्रतिशत छ।

नेपालमा कोरोना संक्रमणको ६ महिना अवधिमा उमेरका हिसाबले सबै समूहमा संक्रमित देखिएका छन्। चीनमा अध्ययन गरी फर्किएका युवामा गत माघ ९ गते पहिलो पटक संक्रमण पुष्टि भएको थियो। त्यसयता संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ। १५ हजार ८ सय १४ जना निको भएकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हालसम्म ६ हजार ३ सय ३० जना आइसोलेसनमा छन्। ६६ जना आईसीयूमा छन्। यीमध्ये ३ जना भेन्टिलेटरमा छन्।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यीमध्ये बहुसंख्यक ७५ प्रतिशतभन्दा बढी २१ देखि ६० वर्ष उमेरसमूहका छन्। ६० भन्दा माथिको उमेरसमूहका संक्रमितको संख्या २.१ प्रतिशत छ। १० वर्षमुनिका बालबालिकाको संक्रमण ४ प्रतिशत छ।

११ देखि २० वर्ष उमेरमा संक्रमण १५.४ प्रतिशत छ। डा. तिवारीका अनुसार चलायमान समूहमा संक्रमण देखिनुले आगामी अवस्था गम्भीर रहेको संकेत गर्छ। यही समूहले घरमा बालबालिका र वृद्धवृद्धालाई संक्रमण सार्ने जोखिम हुन्छ।

मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलले घरमा बसिरहन नरुचाउने भएकाले युवा बढी संक्रमित हुन पुगेको बताए। क्वारेन्टाइनमा बसेका र बाहिर डुलिहिँड्ने युवामा संक्रमणको दर हेर्नुपर्ने उनको भनाइ छ। ‘ क्वारेन्टाइनमा बसेका युवामा संक्रमण देखिएको हो भने नियन्त्रण गर्न खासै गाह्रो हुँदैन’, उनले भने, ‘बाहिर बजारमा डुलिहिँड्ने युवा समूहमा संक्रमण देखिएको हो भने समुदायमा फैलने जोखिम हुन्छ। कोरोना नियन्त्रण गर्न पनि कठिन हुन्छ।’

एकापसमा घुलमिल हुने कारण पनि युवामा बढी संक्रमण देखिएको विज्ञको भनाइ छ। यस्तै, असुरक्षित तवरमा सार्वजनिक सवारीसाधन प्रयोग गरिरहेका कारण पनि संक्रमण फैलनमा सहयोग पुगेको छ। स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा लापरवाही देखिएको डा. तिवारीको भनाइ छ। ‘मास्क नलगाएको र भौतिक दूरी कायम नगरेको पो हो कि ? जनस्वास्थ्यको मापदण्ड पालना नगरेको पो हो कि ? ’, उनले प्रश्न गरे।

युवामा कोरोना संक्रमण भए पनि सञ्चो भइहाल्छ भन्ने सोच हावी देखिएको डा. प्याकुरेलको भनाइ छ। ‘लकडाउन उल्लंघन गर्ने, पास दुरुपयोग गर्ने, सुरक्षात्मक मापदण्ड प्रयोग नगर्ने प्रवृत्ति छ’, उनले भने, ‘लक्षण पनि देखिएको छैन भने आफू संक्रमित भएको थाहै पाउँदैनन्। झन् धेरैलाई कोरोना भाइरस सार्ने जोखिम हुन्छ।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा दिनेश गौतमले लेखेका छन् ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top