Nepal Times
Nepal Times
9
Shares

लोक गायक प्रेमराजा महत दम्पतिलाई कोरोना संक्रमण

लोक गायक प्रेमराजा महत दम्पतिलाई कोरोना संक्रमण

२४ साउन, न्युर्योक ।
वरिष्ठ लोकगायक तथा अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारको महावाणिज्यदूत प्रेमराजा महत र उनकी श्रीमती कविता केसी महत कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

महतले शुक्रबार दिउँसोे सामाजिक सन्जाल फेसबुकमार्फत् आफू र पत्नी दुवै संक्रमित भएको जानकारी दिएका छन् । उनले ध्यान राख्दाराख्दै दुर्भाग्यबस कोरोना संक्रमण हुनबाट जोगिन नसकेको उल्लेख गरेका छन् ।

उनले हाल आफ्नै घरको एउटा–एउटा कोठामा आइसोलेसनमा बसेको जानकारी दिएका छन् । उनले फेसबुकमा लेखेका छन्– ‘ध्यान राख्दा राख्दै दुर्भाग्यबस हाम्रो श्रीमान श्रीमति पनि यसबाट बंच्न सकेनौ ।हामि अहिले आफ्नै घरको एक एक कोठा मा आईसोलेसन मा छोरा डा. सरगम महत को निरिक्षण र निगरानी मा बसेका छौं।’

कोरोना संक्रमणबाट जोगिन समयमै सतर्कता अपनाउन र यदि संक्रमण भइहाल्यो भने पनि गोप्य नराखी सबैलाई जानकारी दिन महतले आह्वान गरेका छन् । यसो गरेमा देश, समुदाय, स्वास्थ्यकर्मी र विश्व स्वास्थ्य संगठनप्रति नै सहयोग पुग्ने महतको भनाइ छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.