आयोगका नाममा राजनीतिक नियुक्ति गरेर राज्यको ढुकुटीमात्र नोक्सान भइरहेकोले मन्त्रिपरिषद बैठकले आयोग र त्यसका जिल्ला शाखाहरु खारेज गरेको सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले बताए ।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चन्द्रप्रसाद खनालको प्रस्तावमा ती संरचना खारेजकी निर्णय भएको हो । मंगलबार बसेकाे मन्त्रिपरिषद बैठकले जनताको दैनिक जीवनका अत्यावश्यक सेवा क्षेत्रमा बन्द,हड्ताल गर्न नपाउने गरी राजपत्रमा सूचना प्रकाशित गर्ने निर्णय गरेको छ ।
यातायात व्यवसायीले सिण्डिकेट अत्त विरुद्ध हड्ताल गर्न लागेपछि सरकारले सो निर्णय गरेको हो ।
यो निर्णयसँगै अब अत्यावश्यक क्षेत्रमा हड्ताल गरिए सरकारले निजी कम्पनीका सवारी साधन समेत नियन्त्रणमा लिएर सेवा सञ्चालन गर्नेछ ।