उपत्यकामा जोर विजोर, सडकमा सवारी चाप घट्यो

२३ साउन ७७, शनिबार

२४ साउन, काठमाडौँ ।
कोरोना सक्रमणको दर बढ्न थालेपछि सरकारले लागू गरेको जोर विजोर प्रणालीका कारण उपत्यकामा सवारी चाप कम देखिएको छ । जोर विजोर प्रणालीमा सवारी सञ्चालन, संक्रमणको जोखिम बढ्नु र अत्यावश्यक बाहेकका सेवाहरु बन्द भएका कारण सवारीको चाप कम देखिएको हो ।

पछिल्लो केही दिनयता उपत्यकामा संक्रमणको दर बढ्न थालेपछि सरकारले सवारी सञ्चालनमा जोर विजोर प्रणाली सुरु गरेको थियो । शुक्रबार मात्रै उपत्यकाभित्रका तीन वटै जिल्ला प्रशासन कार्यालयहरुले अत्यावश्यक बाहेकका सेवाहरु तत्कालका लागि बन्द गर्ने निर्णय गरेका थिए । जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने नागरिकता वितरण, हातहतियार दर्ता नविकरण, संस्था दर्ता नविकरण, नीजि सुरक्षा कम्पनी नविकरण, राहदानी वितरण र नाबालिग परिचयपत्र वितरण लगायतका सेवाहरु तत्कालका लागि बन्द भएका छन ।

प्रशासन कार्यालयहरुले अत्यावश्यक सेवा लिन आउने सेवाग्राहीहरुलाई अनिवार्य रुपमा स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गर्न पनि आग्रह गरेको छ । शुक्रबार नै उपत्यकामा अहिलेसम्मकै बढी १२४ जनामा कोरोना भाइरस पुष्टि भएको थियो । असार २६ गतेबाट उपत्यका लगायत देशभरी जिल्ला भित्र मात्रै सवारी सञ्चालन गर्ने निर्णय सरकारले गरेको थियो । सरकारले आवश्यक मापदण्ड पुरा गरी सवारी सञ्चालन गर्न निर्देशन दिएपछि अधिकांश सार्वजनिक सवारी साधनले सेनिटाइजर प्रयोग नगरेको पाइएको छ ।

Advertisement

मास्क प्रयोग गरेको भएपनि सेनिटाइजरको प्रयोग नगर्ने र बसमा दुरी कायम नगरिकन यात्रुलाई राख्ने गरेको पाइएको छ । शुक्रबार मात्रै उपत्यकामा १ सय २४ जना कोरोना भाइरसका संक्रमित देखिएका थिए । शनिबार अरु दिनको तुलनामा उपत्यकाका सडकहरुमा न्यून मात्रामा सवारी चलेका छन् ।

Advertisement

भर्खरको समाचार

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top