भारतीय विदेश मन्त्रालयको स्पष्टीकरण: बुद्ध नेपालमा जन्मिएकोमा शंका छैन

२५ साउन, काठमाडौँ ।
भारतीय विदेश मन्त्रालयले भगवान गौतम बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका नरहेको प्रष्ट पारेको छ । मन्त्रालयले गौतम बुद्धको जन्मभूमिबारे मन्त्री एस जयशंकरको विवादास्पद अभिव्यक्ति सच्याउँदै जयशंकरको अभिव्यक्ति साझा बौद्ध विरासतको सन्दर्भमा भएको बताएको छ ।

Advertisement

मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले आईतबार जारी गरेको विज्ञप्तिमा भनिएको– ‘बुद्ध लुम्बिनीमा जन्मिएका हुन् भन्नेमा कुनै शंका छैन, जुन नेपालमा पर्छ ।’

शनिबार भारतीय उद्यमी तथा व्यवसायीहरुको छाता संगठन कन्फडरेसन अफ इन्डिया इन्डष्ट्रिद्धारा आयोजित इन्डिया एट ७६ भर्चुअल सम्मेलनमा भारतीय विदेश मन्त्री एस. जयशंकरले बुद्धलाई महान् भारतीयका रुपमा चित्रण गरेपछि नेपालले यसको विरोध गरेको थियो ।

Advertisement

नेपालको परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै बुद्ध नेपालमा जन्मिएकोमा कुनै दुविधा नभएको र यसको यथेष्ट प्रमाण पनि भएको बताएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top