नायिका पूजा शर्माले प्रकाश सुवेदीविरुद्ध दिइन् कलाकार संघमा उजुरी

२६ साउन ७७, सोमबार
Share this
749shares

२६ साउन, काठमाडौँ ।
नायिका पूजा शर्माले संचारकर्मी प्रकाश सुवेदीविरुद्ध चलचित्र कलाकार संघमा उजुरी दिएकी छिन् । केही दिन अघि पत्रकार सुबेदीले आफुविरुद्ध दिएको अभिव्यक्तिमा अपशब्द र होच्याउने शब्द प्रयोग गरेको भन्दै उनले आईतबार कलाकार सङ्घमा उजुरी दिएकी हुन् ।

Advertisement

उनले –‘ आफैँ नजान्ने अनि हामीले चाहिँ लिएको इन्टभ्र्यू काटिदिनु पर्ने ? मिलाई मिलाई महानायिका बनाइदिनु पर्ने ? त्यो पनि दाह्रा निस्किएको अनुहारलाई ?’ भन्दै आफ्नो कार्यक्रममा व्यङ्ग गरेका थिए ।

निर्देशक सुदर्शन थापासँगै कलाकार संघ पुगेकी पूजा उजुरी दिदै गर्दा भावूक भएकी थिइन् । पूजाले भनिन्–‘३ महिना भैसकेको थियो । अघिल्लो ट्रोललाई मैले सहिरहेको थिएँ । फेरि मलाई अन्तरवार्ताका लागि बोलाउनुभयो, मैले आउँदिन भने । मान्छेलाई कहिलेपनि ह्यारेसमेन्ट गर्नका लागि बलात्कार नै गर्नुपर्छ भन्ने छैन । उहाँले मलाई हरेक हप्ता गिराएर बोलिरहनुभएको छ । पछिल्लो भाग हेरेपछि मलाई नराम्रो लाग्यो, उहाँले मलाई भनेको शब्दले मलाई निकै भावूक बनायो । यसपछि, मैले अब लड्छु भन्ने निर्णय गरेँ ।’

Advertisement

कलाकार संघमा उजुरी दिएकी पूजाले चलचित्र पत्रकार संघ, एपीवान टेलिभिजनमा पनि उजुरी दिएकी छिन् । साथै, उनले ‘प्रेन्स काउन्सिल, राष्ट्रिय मानव अधिकार आयोग, चलचित्र निर्माता संघ, चलचित्र विकास बोर्ड’मा पनि उजुरी दिने बताइन् ।

चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले पनि पूजाले अभिभावक संझेर कलाकार संघमा उजुरी दिएको भन्दै उनलाई न्याय दिने बताए । रविन्द्रले भने–‘भोली प्रकाशजीले कसैको नाम लिएको छैन भन्नुहोला । तर, उहाँले कसैको नाम नलिएपनि सिंगो चलचित्र क्षेत्रलाई होच्याउनुभएको छ । हामी आकस्मिक बैठक बसेर कसलाई के गर्नुपर्छ निर्णय गर्छौ ।’

Advertisement

निर्देशक सुदर्शन थापाले ट्रोल सहेर भर्खरै शान्त भैरहेको अवस्थामा फेरि पूजामाथि हमला भएको भन्दै भने–‘पूजामाथि त उहाँले पटक पटक कार्यक्रममार्फत ह्यारेसमेन्ट गर्नुभएको छ । तर, अहिले उहाँले भनेको कुनै पनि मानिसले सुन्न सक्दैन । यो समय अती नै भयो । कोही मानिसलाई शारीरिक खोट लगाएर ह्यारेसमेन्ट गर्न पाइदैन । पूजा उहाँको छोरी थियो भने के भन्नुहुन्थ्यो ? पत्रकारले अन्तरवार्तामा बोलायो भन्दैमा जानु नै पर्ने ?’

थापाले पूजालाई मात्र नभएर प्रकाशले सिंगो चलचित्र क्षेत्रका नायिकाहरुमाथि हमला भएको भन्दै अब पनि सबै कलाकारहरु एकजुट नभए कहिले हुने भनेर प्रश्न गरे ।

पूजाले कलाकारलाई कुनै पनि ट्याग दर्शकले दिने भन्दै आफूलाई यो समयमा साथ दिने चलचित्रकर्मी, दर्शक, पत्रकार सबैलाई धन्यवाद दिइन् । पूजाले आज आफूलाई परेपनि भोली सबैलाई यस्तो ह्यारेसमेन्ट हुने भन्दै सबैका लागि न्याय खोज्ने बताइन् ।

सुबेदीले पूजालाई लक्षित गरेर शारीरिक बनावटलाई लिएर अभिव्यक्ति दिएको भनी सर्वत्र आलोचना भइरहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top