विराटनगरको गुद्री क्षेत्र सिल

२६ साउन, विराटनगर ।
विराटनगरको गुद्री बजार क्षेत्र आईतबार रातीदेखि सिल गरिएको छ । जिल्ला सुरक्षा समिति मोरङको निर्णय पश्चात प्रहरीले विराटनगर महानगरपालिका – ९ स्थित गुद्री बजारमा आवत–जावत पूर्णरुपमा प्रतिबन्ध लगाएको हो ।

Advertisement

प्रहरीले आइतबार रातीेदेखि ७२ घण्टा सम्मका लागि गुद्री प्रवेश गर्ने सबै मार्गमा ढाट लगाएको छ । सो क्षत्रमा संक्रमितको संख्या बढ्दै गएको र अत्याधिक भिडभाडले जोखिम बढेको भन्दै आवतजावतमा प्रतिबन्ध लगाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । सो क्षेत्रका नागरिकलाई बाहिर ननिस्कन प्रहरीले सुचना दिईरहेको छ ।

Advertisement

गुद्री बजार क्षेत्रमा मात्रै २५ जना भन्दा धेरै संक्रमित फेला परिसकेका छन् भने सो क्षेत्रका दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top