कतार प्रवेश गर्नेले कोरोना रिपोर्ट नेगेटिभ भएको सर्टिफिकेट देखाउनु पर्ने

योगेन्द्र योगी
२६ साउन, दोहा । कतार प्रबेश गर्नेहरुले अनिवार्य रुपमा कोरोना रिपोर्ट नेगेटिभ भएको प्रमाण पत्र पेश गर्नु पर्ने भएको छ । अगस्ट १३ तारिखदेखि केहि देशहरुका तोकिएको विमानस्थलबाट कतार प्रबेश गर्ने कोरोना नेगेटिभ भएको रिपोर्ट देखाउनु पर्ने कतार एयरलाइन्सले जनाएको छ ।

तत्कालका लागि इराक, इरान, ब्राजिल, पाकिस्तान, बङ्गलादेश तथा श्रीलंकाबाट कतार आउने यात्रूहरुले कोरोना नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने जनाएको छ । त्यस्तै एयरलाइन्सले नेपाल, भारत नाइजेरिया र रुसमा पनि उडान सूचारु गरेपछि कतार प्रवेश गर्दा कोरोना रिपोर्ट नेगेटिभ देखाउनु जनाएको छ ।

मान्यताप्राप्त स्वास्थ्य संस्थाबाट कोरोना जाँच गरि यात्रा गर्नुभन्दा ७२ घण्टाभित्र कोभिड १९ को परीक्षण गरिएको रिपोर्ट मात्र मान्य हुने एयरलाइन्सले जनाएको छ ।

कोरोना नेगेटिभ सर्टिफिकेट नभएका र कतार एयरलाइन्सको फारम नभरेका यात्रूहरुलाई कतार प्रवेश गर्न नदिने जनाएको छ । तर १२ आफूसँग यात्रा गर्ने आफ्नो १२ बर्ष भन्दा कम उमेरमा बालबालिकाको भने कोरोना रिपोर्ट नचाहिने एयरलाइन्सले जनाएको छ ।

कतारबाट बिदामा नेपाल गएका र कतारले हवाई उडान सूचारु गरेपछि नेपालमा स्टार हस्पिटल, सानेपा हाइट, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन, केएमसि हस्पिटल, सिनामंगल, हंस हस्पिटल, धुम्बाराहीमा कोरोना परिक्षण गर्न सकिने जनाएको छ ।

यसैगरि, सूर्य हेल्थ केयर, लाजिम्पाट, सेन्ट्रल डायग्नोसीस ल्याबरेटरी, कमलपोखरी, ग्रांडी अन्तराष्ट्रिय अस्पताल, टोखा, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु र वीर अस्पताल, सुन्धाराबाट कोरोना परिक्षण गर्न सकिने एयरलाइन्स जनाएको छ ।

कतार प्रवेश गरिसकेपछि पनि कोरोना भाइरसबाट बच्न सबैले सावधानिको उपायहरु अपनाउनु पर्ने तथा अनिवार्य रुपमा माक्सको प्रयोग गर्नु पर्ने छ । सबैले अनिवार्य रुपमा एथेराज एप प्रयोग गर्नु पर्ने जनाएको छ ।

कतारमा करिव ३ लाख ५० हजार नेपाली कार्यरत रहेका छन् । जसमध्ये करिव ८० प्रतिशत नेपाली निर्माणको क्षेत्रमा काम गर्दे आएका छन् ।

भर्खरको समाचार

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

सम्बन्धित समाचार

Scroll to Top