सेनाको काम कारबाहीमा चरम राजनीतिक दबाबः प्रधानसेनापति

२५ साउन ७७, सोमबार

२६ साउन, काठमाडौँ ।
नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले फास्ट ट्रयाक निर्माणको विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीसँग रक्षामन्त्री ईश्वर पोखरेलले अपमान र असहयोग गरेको गुनासो गरेका छन्।

प्रधानमन्त्रीसँग भएको भेटमा थापाले फास्ट ट्रयाकले गति नलिनुमा रक्षामन्त्री पोखरेलको हस्तक्षेपकारी भूमिका बाधक रहेको बताएका छन्।

एक साताअघि रक्षामन्त्रालयमा आयोजित एक कार्यक्रममा उप प्रधानमन्त्रीसमेत रहेका पोखरेलले काठमाडौं – तराई जोड्ने फाष्ट ट्रयाक निर्माण ढिलाइ भएकोमा अगाडि रहेका प्रधान सेनापतिलाई संकेत गर्दै व्यङ्ग्य गरेपछि रक्षा मन्त्रालय र नेपाली सेनाका नेतृत्वबीच दुरी बढेको स्पष्ट भएको थियो।

Advertisement

त्यस कार्यक्रममा पोखरेलले फास्ट ट्रयाक निर्माण ढिलाइ भएकोमा ‘लकिरका फकिर’को उदाहरण दिएका थिए। लगत्तै प्रधान सेनापति थापाले परामर्श दाता र कन्ट्याक्टर छनोटमा रक्षामन्त्रीको हस्तक्षेपकारी भूमिकाको संकेत गर्दै काम ढिलो हुन गएको बताए।

उनले रक्षामन्त्रीकै कारण नेपाली सेनालाई अनावश्यक विवादमा पार्ने काम भएको गुनासो गरेका थिए। आफ्ना काम कारबाहीमा चरम राजनीतिक दबाब रहेको उनको संकेत थियो।

Advertisement

कन्ट्याक्टर नियुक्ति आफ्ना छोरामार्फत गराउने रक्षामन्त्रीको मनसाय, मेडिकल सामग्री खरिदमा कमिसनका लागि दबाब दिए पनि नेपाली सेनाले नमानेको लगायत विषयमा रक्षामन्त्री पोखरेल नेपाली सेनाप्रति रुष्ट भएको बताइएको छ।

मेडिकल सामग्री खरिद गर्ने जिम्मा आफूलाई दिइए पनि विचौलिया सक्रिय गराएर समयमा ल्याउन नदिने, फास्ट ट्रयाकका बाटो आआफ्नो ठाउँबाट नपरेपछि भएका आन्दोलन र असन्तुष्टिमा राजनीतिक स्वार्थ र कनेक्सन रहेको सेनाको बुझाइ छ।

रक्षामन्त्री पोखरेल र सेनापति थापाबीचको पछिल्लो मनमुटाव झन्डै रुक्मांगद कट्‌वाल प्रकरणजस्तै देखिएको छ जहाँ सेनापति कट्‌वाल र तत्कालीन रक्षामन्त्री रामबहादुर थापा बादलबीचको मनमुटावले उसबेलाका प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नै दिनुपरेको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top