×

NEPAL TIMES UPDATES

Playing
किन छानबिन भएन ज्ञानेन्द्र शाहको सम्पत्ति? || Nepal Times
May 15, 2026
Playing
गौरवका आयोजनाको बेहालः २७ आयोजनामा ५ खर्ब खर्च,३ वटा सम्पन्न || Nepal Times
May 15, 2026
Playing
नेपालको गुप्तचरीको इतिहास,सधै नेताको भकुण्डो, बालेनले के गर्लान् ?|| Nepal Times
May 15, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-01-2083 || Nepal Times
May 15, 2026
Playing
बेइजिङबाट के लिएर फर्किए ट्रम्प ?इरान,ताइवानदेखि व्यापारसम्म|| Nepal Times
May 15, 2026
Playing
कोशीमा फेरि मुख्यमन्त्री फेरिने खेल,एमालेका हातमा लड्डु, कांग्रेसभित्र तगारो || Nepal Times
May 15, 2026
Playing
संविधान संशोधनको बहस जेनजीले बहिष्कार गरेपछि बोल्यो सरकार || Nepal Times
May 15, 2026
Playing
यस वर्षको मनसुनमा कुन–कुन जिल्ला हुनेछन् प्रभावित ?|| Nepal Times
May 15, 2026
Playing
बालेनको ’सुपर प्राइममिनिस्टर’ अवतार || Nepal Times
May 15, 2026
Playing
World News: राष्ट्रपतिको अफेयरले थप्पड! इरान र यूएईका मन्त्रीको झगडा|| Nepal Times
May 15, 2026

बेलारुस चुनावः राष्ट्रपतिविरुद्ध प्रदर्शन, प्रहरी र प्रदर्शनकारीबीच भिडन्त

२६ श्रावण २०७७

२६ साउन, एजेन्सी ।
सरकारी टेलिभिजनले गरेको मतदान पछिको मत सर्वेक्षणले लामो समयदेखिका नेता एलेक्जेन्डर लुकाशेन्का पुनः निर्वाचित हुने देखाएपछि बेलारुसको राजधानी मिन्स्कसहित विभिन्न सहरमा प्रदर्शनकारी र दङ्गा प्रहरीबीच भिडन्त भएका छन्।

मिन्स्कमा सिटी सेन्टरबाट भिड हटाउन प्रहरीले स्टन ग्रिनेडहरू प्रयोग गरेको छ। त्यहाँ मानिसहरू घाइते भएको खबर आएको छ। सरकारी टेलिभिजनको जनमत सर्वेक्षणले लुकाशेन्का करिब ८० प्रतिशत मतले विजयी भएको देखाएको छ।

Advertisement
Advertisement

प्रमुख विपक्षी स्भेट्लाना तिखानोभ्स्कायाले आफूलाई सात प्रतिशत मात्र मत दिइएको देखाएको उक्त विवरणलाई आफूले नपत्याउने बताएकी छन्। म मेरा आँखामा विश्वास गर्छु र मैले बहुमत हामीसँग देखेकी छु, आइतवार साँझ पत्रकार सम्मेलनमा उनले भनिन्।

विपक्षीहरूले मतदानमा धाँधली हुनसक्ने ठानेको र आफूहरूले एउटा वैकल्पिक गणना पनि राखेको बताएका छन्। ३७ वर्षीया तिखानोभ्स्काया जेलमा रहेका श्रीमान्‌को आफ्ना सट्टा चुनावमा उठेकी हुन् र उनले ठूला विपक्षी र्‍यालीहरूको नेतृत्व गरेकी थिइन्।

सन् १९९४ देखि सत्तामा रहेका लुकाशेन्काले देशको स्थिति नियन्त्रणमा रहने वाचा गरेका छन्।

बेलारुसमा के भइरहेको छ ?
राजधानी मिन्स्कमा आइतवार अबेर मिन्स्क हिरो सिटी स्मारक आसपास झडप भएको खबर आएको छ।

प्रत्यक्षदर्शी र संवाददाताहरूले दङ्गा प्रहरीले रबरका गोली र पानीका फोहोरा प्रयोग गरेर प्रदर्शनकारीलाई तितरबितर पारेको बताएका छन्। कैयौँ एम्बुलेन्स घटनास्थलमा गुडेका देखिएका थिए।

प्रदर्शनकारीहरू दङ्गा प्रहरीसँग लडिरहेको भिडिओहरूमा देखिएको छ भने सञ्चारमाध्यमहरूले कैयौँ पक्राउ परेको जनाएका छन्। प्रदर्शनकारीहरूले लुकाशेन्कालाई जाऊ जाऊ भनिरहेका छन्। अन्य सहरमा पनि त्यस्तैखाले प्रदर्शनहरू भएका छन्।

इन्टरनेट अनुगमनकारी समूह नेटब्लक्सले बेलारुसभरि इन्टरनेटको गतिमा निकै अवरोध भएको र त्यहाँ सूचनाको खाडल बनेको बताएको थियो।

युरोपका अन्तिम तानाशाह

कसैले लुकाशेन्कालाई युरोपका अन्तिम तानाशाह भनिरहेका छन्।

सन् २०१५ मा भएको पछिल्लो चुनावमा उनले ८३.५ प्रतिशत मतले जितेको घोषणा गरेका थिए। मतदात र मतगणनामा गम्भीर चुनौती दिने कोही पनि पर्यवेक्षकहरू त्यहाँ थिएनन्। अहिले नेतृत्वप्रति बढ्दो निराशाबीच चुनाव भएको छ।

Advertisement
Advertisement

त्यहाँको राजधानीमा गत महिना दशकयताकै विपक्षीहरूको सबैभन्दा ठूलो प्रदर्शन भएको थियो। मे महिनामा चुनावी अभियान सुरु भएयता दुई हजारभन्दा बढी मानिस पक्राउ परेको एउटा मानवअधिकारवादी संस्थाले जनाएको छ।(बीबीसी)

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top