ठगी गरेको अभियोगमा राप्रपाका नेता पक्राउ

१२ बैशाख ७५, बुधबार
Share this
813shares

किर्ते गरी ठगी गरेको अभियोगमा राप्रपाका केन्द्रीय सदस्य पुरुष भनिने पुष्पराज पौडेल पक्राउ परेका छन् ।

Advertisement

नक्कली लालपुर्जा पेश गरी ८ करोड ३७ लाख रुपैयाँ ठगी गर्न खोजेको आरोपमा राप्रपा केन्द्रीय सदस्यसमेत रहेका पौडेल पक्राउ परेका हुन् ।

पौडेलले पर्सा मनहरीको रुदल राउतको नाममा रहेको साढे १६ कठ्ठा जग्गाको नक्कली लालपुर्जा बनाएर हाम्रो ग्रुप अफ ईन्भेष्टमेन्टमा पेस गरी ठगीको आरोपमा पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।

Advertisement

हर्बो नामक नेटवर्क कम्पनीमा पौडेल अध्यक्ष रहेको हाम्रो ग्रुपले आर्थिक लगानी गरेको थियो ।

अवैध नेटवर्किङ व्यवसाय गरेको भन्दै हर्बो कम्पनीका सञ्चालकहरु पक्राउ परेका बेला पौडेललाई पनि केन्द्रिय अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो । , आजको नागरिक दैनिकमा यो खबर छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top