दिनभरका प्रमुख खबर

NepalTimes Samachar

आजका प्रमुख खबरहरुः

१.(मृतक र संक्रमित थप)
नेपालमा हालसम्म ८३ जना कोरोना संक्रमितको मृत्यु /आज मंगलबार ६ सय ३८ संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या २३ हजार ९ सय ४८ पुग्यो /१६ हजार ६ सय ६४ जना निको भए ।

२.(४ लाखमा ७ हजार)
मंगलबारसम्म पीसीआर विधिबाट ४ लाख ६२ हजार ६ सय ९८ जनाको कोरोना परीक्षण / देशभर ११ हजार ५८ जना क्वारेन्टिनमा / ७ हजार २ सय १ जना जना आइसोलेसनमा ।

३.(कोरोनाको हटस्पट)
मंगलबार प्रदेश १ मा अहिले सम्मकै उच्च ९८ कोरोना संक्रमित थपिए /विराटनगरमा मात्र एकैदिन ५० जनामा संक्रमण पुष्टि /प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ५३ पुग्यो ।

४.(कसको बिग्रियो मति ?)
पार्टीभित्र र बाहिरबाट मति बिग्रिएकाहरुले सरकारको आलोचना गर्ने गरेको स्वास्थ्यमन्त्री भानुभक्त ढकालको आरोप / मति बिग्रिएर सरकारको आलोचना गर्ने सबैको मति सप्रियोस् भन्दै शुभकामना व्यक्त ।

५.(प्रसूतिमा पीसीआर)
काठमाडौंको परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा पनि कोभिड १९ को परीक्षण सुरु /अस्पतालले संक्रमणको आशंका लागेका विरामीलाई छुट्टै भवनमा आइसोलेसनमा राखेर उपचार गर्दै ।

६.(कस्ता दिन आए)
संक्रमण बढ्दै गएपछि शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द /सरकारी तथा गैरसकारी संस्थामा ५० प्रतिशत कर्मचारीमात्रै कार्यालयमा काम गर्ने व्यवस्था मिलाउनुपर्ने /होटल तथा रेष्टुरेन्टमा बसेर खान नपाइने ।

७.(नाका नखुल्ने)
देशका १० वटा नाकाबाट मात्रै अब नेपाल आउन पाइने /सीमा नाका भने भदौ ३१ गते बुधबारसम्म बन्द गर्ने मन्त्रिपरिषदको निर्णय /मालसामान ढुवानी र जोखिममा रहेका नेपालीलाई मात्र नाकाबाट भित्रिन दिइने ।

८.(उड्न र गुड्न रोकियो)
हवाई सेवा र लामो दूरीको यातायात भदौ मसान्तपछि मात्रै सञ्चालन हुने सरकारको निर्णय/अहिले चलिरहेका छोटो दूरीका सवारी साधनहरु भने सञ्चालन भइरहने र उद्धार उडान भने जारी रहने ।

९.(कता जादैछ समाज ?)
गंगबु हत्याको मुख्य अभियुक्त कल्पना मुडभरी पौडेललाई प्रहरीद्वारा सार्वजनिक /हत्याको मुख्य कारण आर्थिक लेनदेन र यौन हिंसा रहेको प्रहरीको भनाई /स्लिपिङ ट्याब्लेट खुवाएपछि हत्या गरेको पौडेलको बयान ।

१०.(भट्टलाई अड्चन)
लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त सुशील भट्टलाई तत्काल पदमा बहाल नगर्न र कामकाज गर्न नलगाउन उच्च अदालत पाटनको अन्तरिम आदेश / दुवै पक्षबीच छलफल नहुँदासम्म निर्णय यथास्थितिमा राख्न निर्देश ।

११.(स्थानीय जागे)
हिलाम्मे सडक कालोपत्रे गर्न माग गर्दै काठमाडौ बालाजु बाईपासका स्थानीय आन्दोलित /समस्या समाधान गर्न सरकारले पहल गरेपनि सार्वजनिक जग्गा हडपेकाहरुले अनावश्ययक दुःख दिएको गुुनासो ।

१२.(राधे कृष्ण)
आज श्रीकृष्ण जन्माष्टमी अर्थात भगवान कृष्णको जन्मदिन आज पूजा–आजा गरी मनाइयो / कोभिड १९ संक्रमणको जोखिमलाई ध्यान दिदै यसवर्ष मठमन्दिरहरु भने बन्द रहे ।

१३.(जुँगाको लडाईं)
नेपाल बक्सिङ संघ नीति अनुसार चल्न नसकेको भन्दै संघका पदाधिकारीबीचको विवाद /आर्थिक अनियमितता, एकलौटी रुपमा संघ सञ्चालन गरेको भन्दै संघका अध्यक्ष राम अवाले र महासचिव सविन भट्टाचार्यबीच विवाद ।

१४.(बन्यो त कोरोना खोप ?)
विश्वभर महामारी फैलाएको कोभिड १९ विरुद्ध पहिलो भ्याक्सिन बनाएको रुसी राष्ट्रपति भ्लादिमीर पुटिनको घोषणा /रसियाको स्वास्थ्य मन्त्रालयमा सूचिकृत भइसकेको भ्याक्सिन आफ्नै छोरीमा सफल परीक्षण भएको पुटिनको दाबी ।

र,

१५.(आज विश्वभर)
कोरोना महामारीका कारण हालसम्म विश्वभर ७ लाख ३९ हजार बढीको मृत्यु /२ करोड २ लाख बढी संक्रमित /१ करोड ३२ लाख बढी निको भए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top