×

NEPAL TIMES UPDATES

Playing
किन छानबिन भएन ज्ञानेन्द्र शाहको सम्पत्ति? || Nepal Times
May 15, 2026
Playing
गौरवका आयोजनाको बेहालः २७ आयोजनामा ५ खर्ब खर्च,३ वटा सम्पन्न || Nepal Times
May 15, 2026
Playing
नेपालको गुप्तचरीको इतिहास,सधै नेताको भकुण्डो, बालेनले के गर्लान् ?|| Nepal Times
May 15, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-01-2083 || Nepal Times
May 15, 2026
Playing
बेइजिङबाट के लिएर फर्किए ट्रम्प ?इरान,ताइवानदेखि व्यापारसम्म|| Nepal Times
May 15, 2026
Playing
कोशीमा फेरि मुख्यमन्त्री फेरिने खेल,एमालेका हातमा लड्डु, कांग्रेसभित्र तगारो || Nepal Times
May 15, 2026
Playing
संविधान संशोधनको बहस जेनजीले बहिष्कार गरेपछि बोल्यो सरकार || Nepal Times
May 15, 2026
Playing
यस वर्षको मनसुनमा कुन–कुन जिल्ला हुनेछन् प्रभावित ?|| Nepal Times
May 15, 2026
Playing
बालेनको ’सुपर प्राइममिनिस्टर’ अवतार || Nepal Times
May 15, 2026
Playing
World News: राष्ट्रपतिको अफेयरले थप्पड! इरान र यूएईका मन्त्रीको झगडा|| Nepal Times
May 15, 2026

१६ किलाे मल लिन १० घण्टा लाइन

२९ श्रावण २०७७

सिन्धुली : धान बालीमा हाल्न युरिया मलको जोहो गर्न सिन्धुलीका किसान ज्यान जोखिममा राखेर लागी परेका छन्। बुधबार साल्ट्रेडिङको युरिया मल सिन्धुली आइपुगेको थाहा पाएपछि सयौं कृषक मल लिन लाइनमा लागेका हुन्।

जयबागवानी कृषि सहकारी संस्थाले ४ सय २० बोरा मल बिक्री गरेको थाहा पाएपछि जम्मा भएका कृषकले कोरोनाको प्रवाह नै नगरी भीडमा लाइन बसेका हुन्। सयौंको संख्यामा रहेका कृषकको भीडले ८ देखि १० घण्टासम्म उभिएरै लाइन बस्दा जम्मा १६ किलो मल पाएका छन्।

Advertisement
Advertisement

मल लिन तछाडमछाड नै भएपछि केही समय तनावग्रस्त अवस्थासमेत सिर्जना भएको प्रहरी जनाएको छ। मल थोरै आएको तर कृषकको माग धेरै भएपछि ५० केजीको एक बोरा मललाई भाग लगाएर तीन जना किसानलाई बिक्री गरिएको जयबागवानी कृषि सहकारी संस्थका प्रबन्धक सुवर्णराज न्यौपानेले जनाए।

झण्डै साढे तीन महिनापछि जिल्लामा मल आएकोले संक्रमणको बेवास्ता गरेर मलको जोहो गर्नु परेको कृषकको गुनासो छ। सरकारले किसानलाई बेवास्था गरेका कारण यस्तो अवस्था आएको उनीहरुको भनाइ छ।

कमलामाई नगरपालिका ६ अँधेरीकी ६५ वर्षीया वृद्धा सुन्तली नेपालीले ८ घण्टा उभिएर लाइनमा बस्दा जम्मा १६ किलो मल पाएको गुनासो गरिन्। उनले भनिन्, ‘मल नहाले धान फल्दैनन। धान नफले के खाने के गर्ने हो। मल लिन आयो। यत्रो दुख छ। त्यो पनि पुग्ने गरी पाइएन।’

Advertisement
Advertisement

तीन महिनादेखि मलको पर्खाइमा बसे पनि पर्याप्त मल नाउँदा धान बालीमा मल हाल्न ढिला भएको भन्दै किसान चिन्तामा छन्। तर, आएको मल पनि पहुँचवालाले मात्र लिएपछि आफूले झगडा गरेर लिएको कमलामाई नगरपालिका ७ रामपुरका किसान शेरबहादुर बलको भनाइ छ। उनले भने, ‘सरकारले किसनाको समस्यालाई कहिलै बुझ्दैन। हरेक वर्ष मलको यस्तै अभाव हुन्छ। यो वर्ष त झन यस्तो कोरोनाको त्रासबिचमा पनि सबै किसानले ज्यान जोखिममा राखेर मल लिनु परेको छ।’, याे खबर अन्नपूर्ण पाेस्ट दैनिकमा छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top