गाम्भिरकाे को स्थानमा नयाँ कप्तान श्रेयस ऐयर आउने भएका छन् ।
गाम्भीर टिमको कप्तानबाट पछि हटेपछि उनको जिम्मा ऐयरलाई दिन लागिएको हो । आइपीएलका बाँकी खेलमा दिल्ली ऐयरको कप्तानीमा खेल्नेछ ।
यसअघि कोलकाता नाइट राइडर्समा रहेका गाम्भीरको उपलब्धि र अनुभवलाई हेरेर दिल्लीले उनलाई कप्तान बनाएको थियो । तर, जारी सिजनको अघिल्लो ६ खेलमा ५ वटा हारेपछि उनको आलोचना भएको थियो ।
गाम्भीरको यसअघिका खेलमा राम्राे प्रदर्शन गर्न नसकेकाेमा थुप्रै प्रश्नहरू उठेका छन् ।
‘टिमको यो अवस्थाको म पूर्ण रुपमा जिम्मेवारी लिन्छु । यो अवस्थालाई मध्यनजर गरेर मैले कप्तानी छोड्ने निर्णय गरेको छु । ऐयरले मेरो भूमिका निभाउने छन् । मलाई अझै विश्वास छ हामीले अगाडि राम्रो गर्ने छौँ’ दिल्लीमा पत्रकार सम्मेलन गर्दै गाम्भीरले भने, ‘यो पूर्ण रुपमा मेरो व्यक्तिगत निर्णय हो । व्यवस्थापनबाट त्यस्तो कुनै कुरा आएको थिएन । कप्तानी छाड्ने यही राम्रो समय हो भन्ने लाग्यो ।’गाम्भीरले कोलकाताको कप्तानी सम्हालेर दुई आईपीएल उपाधि जितिसकेका छन् ।
६ मा एक खेल मात्र जितेको दिल्ली अंक तालिकाको पुछारमा छ । घरेलु मैदानमै खेलेको खेलमा पनि दिल्ली किंग्स इलाभेन पञ्जावसँग ४ रनले पराजित भएपछि गाम्भीरमाथि दबाब बढेको थियो ।गाम्भीरलाई दिल्लीले अक्सनमार्फत टिममा अनुबन्धित गरेको थियो ।