×

NEPAL TIMES UPDATES

Playing
एमालेलाई अख्तियारको कारबाहीको डर, भीभीआईपी उपचार खर्च फर्कायो|| Nepal Times
May 22, 2026
Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानेको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026

श्रेयस ऐयर बने दिल्लीका नयाँ कप्तान, गाम्भीरले छाडे कप्तानी

१२ बैशाख २०७५
१२ वैशाख, विराटनगर ः इन्डियन प्रिमियर लिग (आईपीएल) टिम दिल्ली डेयरडेभिल्सका कप्तान रहेका  गौतम गाम्भीर टिमकाे कप्तानीकाट पछि हटेका छन् । अाजबाट गाम्भिरले दिल्लीकाे  कप्तानी छाेडेका हुन् ।

गाम्भिरकाे  को स्थानमा नयाँ कप्तान श्रेयस ऐयर आउने भएका छन् ।

गाम्भीर टिमको कप्तानबाट पछि हटेपछि उनको जिम्मा ऐयरलाई दिन लागिएको हो । आइपीएलका बाँकी खेलमा दिल्ली ऐयरको कप्तानीमा खेल्नेछ ।

Advertisement
Advertisement

यसअघि कोलकाता नाइट राइडर्समा रहेका गाम्भीरको उपलब्धि र अनुभवलाई हेरेर दिल्लीले उनलाई कप्तान बनाएको थियो । तर, जारी सिजनको अघिल्लो ६ खेलमा ५ वटा हारेपछि उनको आलोचना भएको थियो ।

गाम्भीरको यसअघिका खेलमा राम्राे प्रदर्शन गर्न नसकेकाेमा थुप्रै प्रश्नहरू उठेका छन् ।

‘टिमको यो अवस्थाको म पूर्ण रुपमा जिम्मेवारी लिन्छु । यो अवस्थालाई मध्यनजर गरेर मैले कप्तानी छोड्ने निर्णय गरेको छु । ऐयरले मेरो भूमिका निभाउने छन् । मलाई अझै विश्वास छ हामीले अगाडि राम्रो गर्ने छौँ’ दिल्लीमा पत्रकार सम्मेलन गर्दै गाम्भीरले भने, ‘यो पूर्ण रुपमा मेरो व्यक्तिगत निर्णय हो । व्यवस्थापनबाट त्यस्तो कुनै कुरा आएको थिएन । कप्तानी छाड्ने यही राम्रो समय हो भन्ने लाग्यो ।’

गाम्भीरले कोलकाताको कप्तानी सम्हालेर दुई आईपीएल उपाधि जितिसकेका छन् ।

Advertisement

६ मा एक खेल मात्र जितेको दिल्ली अंक तालिकाको पुछारमा छ । घरेलु मैदानमै खेलेको खेलमा पनि दिल्ली किंग्स इलाभेन पञ्जावसँग ४ रनले पराजित भएपछि गाम्भीरमाथि दबाब बढेको थियो ।गाम्भीरलाई दिल्लीले अक्सनमार्फत टिममा अनुबन्धित गरेको थियो ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top