एक महिनामा तीन दर्जन बलात्कृत

११ बैशाख ७५, बुधबार

काठमाडौँ, १२  ः महिला पुनःस्थापना केन्द्र (ओरेक)ले देशभर बढ्दै गइरहेको बलात्कारका घटनाहरुले महिला तथा बालिकाको सुरक्षालाई चुनौतीपूर्ण बनाएको जनाएको छ ।

ओरेकले मासिकरुपमै अभिलेखीकरण गरी सार्वजनिक गर्ने क्रममा कार्यालयमा दर्ता भएका तथा दैनिक राष्ट्रिय पत्रपत्रिकामा प्रकाशित घटनाका आधारमा गएको चैत महिनामा मात्रै तीन दर्जन महिला तथा बालिकामाथि बलात्कार भएको प्रतिवेदन सार्वजनिक गरेको छ ।

चैत महिनामा मात्रै अभिलेखीकरण भएका महिला हिंसाका जम्मा १३१ वटा घटनामध्ये ३६ जना महिला (सात सामूहिक बलात्कार र एक बलात्कारपछि हत्या) माथि बलात्कार भएको तथ्याँक रहेको संस्थाका कार्यक्रम निर्देशक अभिराम रायले जानकारी दिए ।

Advertisement

अभिलेखीकरण भएका घटनामा सबैभन्दा बढी ५३ प्रतिशत १६ वर्षमुनिका बालिका बलात्कारको शिकार भएको पाइएको छ । त्यस्तै २२ प्रतिशत १७ देखि ३० वर्ष उमेर समूहका र आठ प्रतिशत उमेर समूह थाहा नभएका महिला तथा बालिका बलात्कारमा परेका छन् ।

बलात्कारबाट प्रभावितमध्ये सबैभन्दा बढी ५० प्रतिशत महिला तथा बालिका छिमेकीबाट बलात्कृत भएको पाइएको छ ।
रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top