×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सभापतिमा निधिको दाबीले झस्किए देउवा

३२ श्रावण २०७७

काठमाडौँ : कांग्रेसको आसन्न महाधिवेशनमा संस्थापन पक्षबाटै उपसभापति विमलेन्द्र निधिले सभापतिमा उठ्न तयारी थालेका छन् । यसले संस्थापन पक्षभित्र हलचल मात्रै मच्चाएको छैन, सभापति शेरबहादुर देउवालाई समेत अप्ठ्यारोमा पारेको छ ।

भित्रभित्रै तयारी गरिरहेका निधिले गत बिहीबार सभापति देउवासँग चौधौं महाधिवेशनमा आफूलाई सहयोग गर्न प्रस्ताव गरेका हुन् । १३ औं महाधिवेशनमा दिएको बचन स्मरण गराउँदै निधिले बूढानीलकण्ठस्थित निवासमा देउवालाई संस्थापन पक्षबाट सभापतिको उम्मेदवारमा आफूलाई अघि बढाउन प्रस्ताव राख्दा उनले भने आफैं उठ्ने जवाफ दिएका थिए । देउवानिकट स्रोतका अनुसार निधिले ‘आगामी महाधिवेशनमा तपाईंकै क्यान्डिडेट हुन चाहन्छु, तपाईंको साथ र सहयोग मलाई चाहियो’ भनेर प्रस्ताव गरेका थिए । देउवाले विधानमा दुई कार्यकालभन्दा बढी सभापति बन्न नपाउने व्यवस्था सम्झाउँदै १५ औं महाधिवेशनमा सघाउने बचन दिएका थिए । उनले यस्तै बचन १३ औं महाधिवेशनका बेला पनि दिएका थिए । त्यसलाई कार्यान्वयन गर्नुपर्ने निधिको दलिल छ ।

Advertisement
Advertisement

‘अर्कोपटक म हुन पाउन्न, तपाईंबाहेक मेरो अर्को यो उचाइको नेता पनि छैन, यसबीचमा तपाईंले मधेसमा मात्रै नभएर पहाड र हिमालमा समेत आफ्नो प्रभाव बढाउनुहोस्, अर्कोपटक तपाईंलाई नै सघाउने हो,’ देउवाको भनाइ उद्धृत गर्दै बूढानीलकण्ठस्थित स्रोतले भन्यो, ‘तर निधिजीले उमेरको फ्याक्टर र आफूपछि आक्रामक ढंगले अघि बढेको पुस्ताको कारण देखाउँदै यसैपटक उम्मेदवार बन्ने चाहना राखेर जानुभयो ।’

Advertisement

निधिको तयारी भने पहिल्यैदेखि थियो । अहिले आएर मात्रै उनले देउवालाई जानकारी गराएका हुन् । निधिको पहिलो चाहना देउवालाई सम्मानजनक अभिभावकीय भूमिकामा राखेर संस्थापन पक्षबाट आफू उम्मेदवार बन्नेछ । त्यसका लागि उनले विभिन्न नेता र समूहहरूसँग छलफल र परामर्श अघि बढाइरहेका छन् ।, याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top