दिनभरका प्रमुख खबर

NepalTimes Samachar

आजका प्रमुख खबरहरुः

१.(हरेक दिन भयवित)
नेपालमा कोरोनाबाट थप २ जनाको मृत्यु भएसंगै मृतकको संख्या १ सय ४ पुग्यो/आज ६ सय ४१ जना थपिएसंगै संक्रमितको संख्या २६ हजार ६ सय ६० पुग्यो /१७ हजार ३ सय ३५ जना डिस्चार्ज ।

२.(आजको तथ्याङ्क)
आइतबारसम्म पीसीआर विधिबाट ५ लाख १७ हजार ९ सय ७ जनाको कोरोना परीक्षण/देशभर १५ हजार २ सय ४३ जना क्वारेन्टिनमा/९ हजार २ सय २१ जना आइसोलेसनमा ।

३.(बढ्दै मृतक र संक्रमित)
विराटनगरमा ८६ सहित प्रदेश १ मा १ सय ३ जना संक्रमित थपिए/प्रदेश १ मा मात्र संक्रमितको संख्या २ हजार १० पुग्यो /मोरङका १०सहित प्रदेशमा १४ जनाको मृत्यु ।

४.(अस्पताललाई अनुदान)
कोरोना शंकास्पद तथा संक्रमित व्यक्तिको उपचारमा संलग्न अस्पताललाई अनुदान रकम दिने सरकारको तयारी/उपचारमा संलग्न अस्पताललाई प्रतिव्यक्ति दैनिक दुई सयदेखि १५ हजार रुपैयाँसम्म अनुदान रकम उपलब्ध गराउने तयारी ।

५.(आफ्नो सुरक्षा आफै)
कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि सुरक्षाका नियमहरु पालन गर्न सर्वसाधारणलाई गृहमन्त्री रामबहादुर थापाको अपील /सरकार र नागरिक सबैले एकसाथ सचेत भई नियमहरु पालना गरेमा संक्रमणलाई नियन्त्रण गर्न सकिने उल्लेख ।

६.(देश भित्रको अवस्था)
कोरोनाको सङ्क्रमण बढ्दै गएपछि देशका तीन दर्जन बढी जिल्लाका विभिन्न ठाउँमा निषेधाज्ञा, लकडाउन, सिल र अत्यावश्यक बाहेकका सेवा बन्द /धेरैजसो पालिकाले गरेको लकडाउन, निषेधाज्ञाको अवधि आज पुनः थप गरियो ।

७.(आउने भो रेम्डिसिभिर)
अन्तर्राष्ट्रिय स्तरमा कोरोनाको उपचारमा प्रयोग गर्न थालिएको रेम्डिसिभिर नामक औषधि नेपालमा आयात गर्न औषधी व्यवस्थापन विभागको दियो स्वीकृति/ प्रोटोकल अनुसार क्लिनिक ट्रायलका लागि अनुमति दिइएको विभागको भनाई ।

८.(सामन्यीकरण हुदै विवाद)
सत्तारूढ नेकपाको सचिवालय बैठक सोमबारका लागि डाकियो /सचिवालय बैठकले नेकपा विवाद सुल्झ्याउन गठित कार्यदललाई अनुमोदन गर्नुको साथै कार्यदलको कार्यदेश पनि तयार पार्ने ।

९.(पहिरोको कारण)
सिन्धुपाल्चोकको लिदीमा पानीको उचित व्यवस्थापन हुन नसक्दा पहिरो गएको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको भनाई /पहिरोको जोखिम कम गर्न ३० डिग्रीभन्दा बढीको स्लोपमा रहेका जोखिमयुक्त बस्तीलाई सुरक्षीत स्थानमा सार्नुपर्ने सुझाव

१०.(पहिरोको पीडा)
सिन्धुपाल्चोकको लिदीमा गएको पहिरोमा हालसम्म १८ जनाको शव फेला / बेपत्ता २१ जनाको खोजी कार्य जारी /पहिरोबाट प्रभावित एक सय ७२ घरधुरीमध्ये अति जोखिममा परेकाहरुलाई सुरक्षित ठाउँमा सार्ने तयारी ।

११.(मनसुनले आहत)
कोभिड–१९ को मार खेपिरहँदा यस वर्ष मनसुनजन्य विपद्बाट अपुरणीय जनधनको क्षति /दुई महिनामा मात्रै बाढीपहिरो र चट्याङबाट २ सय ३१ को मृत्यु, ७७ बेपत्ता हुदा २ सय ८ जना घाइते ।

१२.(लोगोमा नक्सा)
नेपालको अद्यावधिक गरिएको राजनीतिक तथा प्रशासनिक नक्सा अंकित संघीय संसदको लोगो संघीय संसदका पदाधिकारीहरुलाई हस्तान्तरण /दुई लाल सुनको जलप लगाइएको नयाँ लोगोमा १ तोला चाँदीको बेस र ३.५ सेन्टिमिटर व्यास ।

१३.(सहकारीलाई सकस)
संस्थागत पुँजी ५ प्रतिशत भन्दा बढी भएका सहकारीलले पुँजीको ५० प्रतिशत उत्पादनमूलक कार्यमा लगाउनुपर्ने भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्यालको भनाई /सहकारीको ब्याज सबैभन्दा बढी भयो भन्ने गुनासोलाई सम्बोधन गर्न सुझाव ।

१४.(नाफाको चिन्ता)
कोरोना महामारीबाट लकडाउन भएपछि बैंक तथा वित्तीय संस्थाको कारोबार प्रभावित भएपछि आर्थिक वर्ष २०७६/०७७मा सबै वाणिज्य बैंकहरुको नाफा खुम्चियो /शेयरधनीले प्राप्त गर्ने लाभांशमा असर ।

र,

१५.(आजको विश्व)
कोभिड १९ संक्रमणबाट विश्वमा हालसम्म ७ लाख ६९ हजार बढीको मृत्यु /२ करोड १६ लाख बढी संक्रमित /१ करोड ४३ लाख बढी निको भएर घर फर्किए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top