Nepal Times
Nepal Times
3
Shares

विराटनगरका साजिद म्यानमारमा हुने “मिस्टर इन्टरनेसनल २०१८ ” सहभागि

विराटनगरका साजिद म्यानमारमा हुने “मिस्टर इन्टरनेसनल २०१८ ” सहभागि

विराटनगर, बैशाख १३
मोरङगको रंगेलीमा जन्मिएर विराटनगरलाई कार्यथलो बनाएका साजिद आलम यतिवेला विभिन्न प्रतियोगितामा सहभागिता जनाएर निकै चर्चामा छन् । मोडलिङ क्षेत्रलाई आफ्नो कैरियर बनाउन लागि परेका उनै आलम गत वर्ष सम्पन्न प्रो इस्टाइल म्यान हन्ट –२०१७ को सेकेण्ड रनरअप समेत बन्न सफल भएका छन् ।

उनै आलम यतिवेला पुन म्यानमारमा जारी मिस्टर इन्टरनेशनल–२०१८ मा नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाइरहेका छन् । केहि दिन अघिमात्र “मिस्टर इन्टरनेसनल २०१८ ” मा सहभागी हुन म्यानमार प्रस्थान गरेका आलमलाई प्रदेश १ का शुभेच्छुकले उपाधी जित्ने शुभकामना सहित विदाई गरेका थिए ।

त्यति मात्र नभएर उपाधी जित्ने शुभकामना सहित प्रधानमन्त्री केपी शर्मा ओली र संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डिले समेतविदाई गरेका थिए ।

आगामी अप्रिल ३० म्यानमारमा हुन लागेको “मिस्टर इन्टरनेसनल २०१८ ” मा विश्वका ८५ राष्ट्रका युवा मोडलहरु सहभागीता हुदैछन् ।

प्रतियोगितामा सहभागिता जनाउन जानु अघि आलमले नेपाल टाइम्ससँग कुराकानी गर्दै आफ्नो लक्ष्य उपाधी जित्ने रहेको बताए । उनले उपाधी नजिते पनि त्यो स्थानमा सम्म पुगेर नेपाल प्रतिनिधित्व गर्न पाउँदा हर्ष लागेको बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.