परराष्ट्रविद्ले भने – नेपाल र भारतबीच कूटनीतिक संवाद अब बढ्नेछ

१ भदौ, काठमाडौँ ।
पूर्व परराष्ट्रमन्त्री एवं परराष्ट्रविद् डा. भेषबहादुर थापाले नेपाल र भारतबीच कूटनीतिक संवादले निरन्तरता पाउने आभास मिलेको टिप्पणी गरेका छन् । पछिल्लो समय दुई देशका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता हुनु र विकास निर्माण सम्बन्धी निकायबीच वार्ता हुनुले दुई देशबीच रहेको संवादहीनताको अवस्थाको अन्त्य भएको बताएका हुन् ।

हाम्रा संवाददातासँग कुराकानी गर्दै पछिल्ला दुई घटनाले संवादहीनताबाट संवादको अवस्थामा प्रवेश गरेको टिप्पणी गरेका हुन । नेपाल भारतबीच सीमा विवादका विषयमा विवाद रहेको र नेपालले कुराकानी गर्न भारतलाई पत्राचार गरेको विषयमा भारतले बेवास्ता गरिरहेको अवस्थामा एउटा संयन्त्रको छलफल हुनु र प्रधानमन्त्री स्तरमा पनि टेलिफोन वार्ता हुनुले संवादहीनताबाट संवादको अवस्थामा प्रवेश गरेको तर्क डा. थापाले गरेका हुन् ।

उनले संवादको सुरुवात मात्रै नभई समझदारीको नयाँ आधार खडा भएको समेत बताए । उनले भने ‘दुई देशको विकास निर्माण सम्बन्धी निकायको ढिलासुस्ति भयो काम भएन भन्ने गुनासो नेपालमा बराबर भएको हो । त्यसलाई सम्बोधन गर्नका लागि नेपालको परराष्ट्र सचिव र भारतको राजदूतले वार्षिक बैठक गरेर समिक्षा गर्ने र अगाडि बढाउन के गर्न सकिन्छ भन्नेमा सम्बोधन गर्ने जुन निकाय थियो त्यसको बैठक भएको हो यो । त्यसलाई पनि हेर्दा संवादहीनताबाट संवादको अवस्थामा प्रवेश गरेको संकेतको रुपमा हामीले लियौं । किनकी त्यो भन्दा अगाडि कुनै प्रकारको औपचारिक भेटघाट र संवाद भएको थिएन । भारतको स्वतन्त्रता दिवसको अवसरमा दुईवटा प्रधानमन्त्रीको बिचमा वार्ता हुने र वार्तामा भनिए नभनिएपनि दुई देशको सम्बन्धमा भएको संवादहीनतालाई माथिल्लो तहमा सर्वोच्च तहमा तोडिएको मात्र होइन भएका समस्याहरुको समाधान वार्ताबाट गर्ने भन्ने किसिमको आभास पनि भएको हो । त्यसले गर्दा जुन एउटा अप्ठेरो पनले संवादहीन परिस्थिति सृजना भएको थियो त्यसो भएकाले संवादको सुरुवात सिमित रुपमा विकास निर्माणको आयोजनाहरुको समालोचना गर्ने र त्यसपछि दुईवटा प्रधानमन्त्रीको बिचमा सम्बन्ध भएकोले गर्दा संवादको सुरुवात मात्रै होइन समझदारीको पनि नयाँ आधार खडा भएको छ की भन्ने कुरा बुझ्न सकिन्छ ।’

सीमा विवादपछि नेपाल र भारतबीच संवाद हिनता रहेको बेला सोमबार नेपालका तर्फबाट परराष्ट्र सचिव शंकरदास बैरागी र भारतका तर्फबाट भारतीय राजदूत विनयमोहन क्वात्राबीच विकास निर्माण सम्बन्धमा वार्ता भएको हो । यसअघि गत शनिबार भारतको स्वतन्त्रता दिवसको अवसरमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच टेलिफोन संवाद भएको थियो । त्यस्तै स्वतन्त्रता दिवसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिमेकी मुलुकहरुसँग सुरक्षा, विकास र विस्वासको साझेदारीका साथ सांस्कृतीक, आर्थिक र समाजिक रुपमा सम्बन्धलाई बलियो बनाउने बताएका थिए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top