नयाँ नक्सा अंकित लोगो डिजाइन अनुसार नबनेको खुलासा

१ भदौ, काठमाडौँ ।
अद्यावधिक नक्सा अनुसार नयाँ डिजाइन गरिएको लोगो भद्दा भएको भन्ने प्रतिक्रियाहरु आइरहेपछि पनि सांसदरुले ग्रहण गरेका छन् । सांसदहरुले लगाउने नयाँ नक्सा अनुसारको लोगो भद्दा भएपनि स्वदेशी उत्पादनको प्रवद्र्धन गर्न भएपनि ग्रहण गरिएको प्रतिक्रिया दिएका छन् ।

सामाजिक सञ्जालमा र कतिपय सांसदहरुले नै लोगो डिजाइनमा हेलचेक्र्याई गरिएको टिप्पणी भइरहेपनि स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न स्वीकार गरिएको सांसद शशी श्रेष्ठले बताइन् । राज्य व्यवस्थातथा सुशासन समितिका सभापति समेत रहेकी सांसद श्रेष्ठले लोगोमा नेपालको नक्सालाई कलात्मक बनाउन सकिने भएपनि त्यसो हुननसकेको बताइन् ।

स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्ने विषय सहि भएको तर हातले नै लोगो निर्माण गर्दा पनि फिनिसिङमा ध्यान दिएर बनाउन नसकेको बताइन । सांसद रामकुमारी झाँक्रीले लोगो निर्माण गर्दा फिनिसिङमा ध्यान नदिएकोले भद्दा देखिएको बताइन् । आफुहरुले स्वदेशी उद्योगलाई सधै प्रवद्र्धन गर्न आवाज उठाउँदै आएकाले विरोध गर्न नमिल्ने भन्दै उनले घुमाउरो गरी असन्तुष्टि व्यक्त गरिन् ।

Advertisement

संसदको लागो डिजाइन ८७ वर्षे टेकवीर मुखियाले गरेका हुन । मुखियाले बनाएको लोगोको डिजाइन अनुसार लोगो निर्माण भएको देखिदैन । बागमती प्रदेश अन्तर्गतको घरेलु तथा साना उद्योग कार्यालय ललितपुरलाई लोगो निर्माणको अर्डर दिएको थियो । लोगो निर्माण हुँदा डिजाइन भन्दा केही भिन्न रुपमा तयार भएको पाइएको छ । सांसदहरुले भने लोगोमा रहेको नेपालको नक्सा स्पस्ट नभएको र कलात्मक बनाउन नसकेको बताएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top