कास्की सेवा अस्पतालमा ज्यान गुमाएकी एक महिलामा कोरोना पोजेटिभ

२ भदौ, पोखरा । पोखराको कास्की सेवा अस्पतालमा गएराति निधन भएकी एक महिलामा कोरोना पोजेटिभ देखिएको छ ।

Advertisement

तनहुँको व्यास नगरपालिका–१ की ५० वर्षीया महिलाको सोमबार राति साढे ११ बजे निधन भएको थियो । उनको आज बिहान कोरोना रिपोर्ट पोजिटिभ आएको थियो ।

निमोनिया देखिएपछि ती महिला साउन ३२ मा उक्त अस्पतालमा भर्ना भएकी थिइन् । अस्पताल प्रशासनका अनुसार उनलाई मुटुरोग र मधुमेहसमेत थियो । मृतक महिलामा कोरोना देखिएपछि हाल अस्पतालको सेवा बन्द गरिएको र शव व्यवस्थापनको तयारी भइरहेको बताइएको छ ।

Advertisement

मृतको सम्पर्कमा आएका स्वास्थ्यकर्मीलाई राख्न क्वारेन्टाइनको खोजी भइरहेको पनि जनाइएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top