मक्का र मदिनाको वरिष्ठ पदमा साउदी अरबद्वारा १० महिलालाई नियुक्त

२ भदौ, एजेन्सी । साउदी अरबले इस्लामको दुई सबैभन्दा पवित्र धार्मिक स्थलहरूहरूमा १० जना महिलालाई उच्च जिम्मेवारी दिएको छ ।

Advertisement

इस्लामिक राजतन्त्रात्मक मुलुकले पछिल्लो समय महिला अधिकारप्रति अनुदारवादी रहेको भन्ने भनाइ सही नभएको प्रमाणित गर्न महिला रोजगारी बढाउन खोजेको छ ।

इस्लामिक राज्यमा धार्मिक संस्थाहरूमा वरिष्ठ पदमा महिलाहरूको नियुक्ति विरलै भएपनि राजकुमार मोहम्मद बिन सलमानले नेतृत्व गरेको व्यापक उदारीकरण अभियानले मक्का र मदिनामा महिलालाई जिम्मेवारी दिन थालेको देखिन्छ।

Advertisement

मस्जिदका विभिन्न विभाग तथा प्रशासनिक र प्राविधिक जिम्मेवारीमा नियुक्तिबारे यी दुई पवित्र मस्जीदका उच्च अधिकारीद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

उक्त नियुक्ति ‘उच्च योग्यता र क्षमतासहितको साउदी महिलाको सशक्तीकरण’ का लागि गरिएको इस्लामिक अधिकारीले जनाएका छन्।

Advertisement

उक्त मस्जीदहरूमा यस पहिले सन् २०१८ मा पनि विभिन्न ४१ महिलालाई जिम्मेवारी दिइएको थियो तर अहिलेका अधिकांश नियुक्ति त्योभन्दा उच्च पदका लागि अरबी सञ्चारमाध्यमहरूले जनाएका छन्।

राजकुमार मोहम्मदले आफ्नो ‘भिजन २०३०’ योजना अन्तर्गत महिला रोजगारी बढाउन खोजेका देखिन्छ । उनले राज्यको अर्थतन्त्रमा विविधता ल्याउने र तेलमा मात्र निर्भर नहुने उद्देश्यसहित अघि बढ्न चाहेको बताउँदै आएका छन्।

आधिकारिक तथ्याङ्कका अनुसार सन् २०१९ को तेस्रो त्रैमासिकमा सउदी अरबमा रोजगार महिलाको सङ्ख्या दश लाख ३० हजार अर्थात् ३५ प्रतिशत पुगेको छ। सन् २०१५ मा यो सङ्ख्या आठ लाख १६ हजार रहेको थियो।

राजकुमारका अन्य सुधारमा राज्यमा महिलालाई अब कार चलाउन अनुमति छ। सिनेमा घर फेरि खुलेका छन् र संगीतकारहरूलाई कन्सर्टसहित सार्वजनिक स्थानहरूमा महिलासँग भेटघाट गर्न अनुमति दिइएको छ। तर अभियानको आलोचना भने नभएको होइन।

सरकारको आलोचना गर्ने एक दर्जनभन्दा बढी महिला अधिकारकर्मीलाई पक्राउ गरी मुद्दा चलाएको छ। उनीहरूले सरकारी अधिकारीबाट हुने व्यापक धरपकडबीच पनि लामो समयदेखि गाडी चलाउने अधिकारको लागि अभियान चलाउँदै आएका थिए।

केही अधिकारकर्मीले आफूहरूलाई यातना दिएर यौन उत्पीडन गरिएको आरोप लगाउने गरेका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top