रुपन्देहीको तिलोत्तमा नगरपालिकामा भोलिदेखि पुनः लकडाउन

२ भदौ, रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले भदौ ३ गतेदेखि फेरि लकडाउन गर्ने भएको छ ।

कोरोनाको संक्रमण समुदायस्तरमा फैलिइसकेकाले त्यसको नियन्त्रणको लागि पूर्ण लकडाउन गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।
जसअनुसार भदौ ३ गते साँझ ७ बजेदेखि भदौ १० गते साँझ ७ बजेसम्म कुनै पनि व्यापार व्यवसाय सञ्चालन हुने छैनन् ।

मंगलबार सुरक्षा निकाय, राजनीतिक दल, तिलोत्तमा उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स, उद्योग व्यापार संगठनका प्रतिनिधिहरूको समेत उपस्थितिमा बसेको संकट व्यवस्थापन केन्द्र (सिसीएमसी) को बैठकले एक हप्ता फेरि लकडाउन गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ।

Advertisement

यो अवधिमा दूधका डेरी र डिपोहरू समेत बिहान ६ बजेदेखि बिहान ८ बजेसम्ममात्र सञ्चालन गर्न पाइने छ ।

त्यसबाहेक सबै प्रकारका पसल व्यवसाय, उद्योगधन्दा, कलकारखाना, निर्माण कार्य, बैंक, वित्तीय संस्था, सहकारी, सरकारी तथा गैरसरकारी संस्थाका कार्यालय, सवारी साधन तथा साइकल सञ्चालन समेत पूर्ण रूपमा बन्द गरिने नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए ।

Advertisement

यसअघि गरिएको लकडाउनको समयमा बिहान साँझ दैनिक उपभोग्य वस्तु विक्री वितरण गर्ने पसल सञ्चालन गरिएको भए पनि यसपटक भने कोरोना संक्रमण समुदायमै फैलिइसकेकाले सबै क्षेत्र ठप्प गरी लकडाउन घोषणा गरिएको नगरपालिकाले जनाएको छ।

Advertisement

भर्खरको समाचार

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

सम्बन्धित समाचार

Scroll to Top